logo
16 Nov 2018   |   
राजनीति

नेकपा एमालेको प्रचार भेला सम्पन्न



राजनीति   127 पटक पढिएको        
काठमाण्डौ १४ बैसाख / नेकपा एमालेले बिहिवार स्थानीय तहको निर्वाचन केन्द्रित राष्ट्रिय प्रचार भेलाको आयोजना गरेको छ ।




सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा  घोषणापत्र मस्यौदा समिति संयोजक बामदेव गौतम , महासचिव ईश्वर पोखरेल र प्रचार विभाग प्रमुख योगेश भट्टराईले सहभागीहरु लाइ पार्टीको चुनावी धारणा र निर्देशन दिएका छन ।

सहभागी एमाले नेताहरुले पार्टीको नीति, घोषणापत्रका विषयवस्तु, समग्र निर्वाचन परिचालन र प्रचार रणनिती बारे प्रशिक्षण र निर्देशन दिएका छन ।

 उक्त अवसरमा प्रचार विभागका उपप्रमुख सूर्य थापाले स्थानीय तहको निर्वाचनमा समग्र प्रचार कार्यको संयोजन का बारेमा जानकारी दिएका छन ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले  चुनावमा संचारकर्मी हरूको परिचालनका बारेमा प्रशिक्षण दिएका छन ।

प्रचार भेलामा देशभरका जिल्लाहरुबाट प्रचार बिभाग प्रमुख, प्रेस चौतारीका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरु, प्रेस चौतारीका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको सहभागिता रहेको थियो ।













1870706 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top