logo
14 Nov 2018   |   
राजनीति

रमजानमा चुनाव परेको भन्दै मुस्लिम समुदाय चिन्तित



राजनीति   127 पटक पढिएको        
कलमपाटी १३ बैसाख / मुस्ल्लिम समुदायको एक महिने रमजान पर्वको समयमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने घोषणा भएपछि रौतहटका मुस्लिम समुदाय चिन्तित बनेका छन ।




 रमजानको अवधिमा स्थानीय तह निर्वाचनको सम्पूर्ण कार्यक्रम परेपछि मुस्लिम समुदायमा उत्साह घटेको छ ।

जमियत उल्माए नेपालका केन्द्रीय सदस्य हाजी जिक्रुल्लाहले दोश्रो चरणको स्थानीय तहको चुनावको मिती घोषणाले मुस्लिम समुदाय चुनावमा सकृयताको साथ भाग लिन असम्भव रहेको बताएका छन ।

पानी समेत नखाइ कठोर ब्रत बसेर एक महिना सम्म मनाइने  चाडको बिचमा चुनावको मिती घोषणा भएको छ ।

संसारभरका मुस्लिम समुदायले एकसाथ मनाउने सबैभन्दा ठूलो पर्वलाइ सरकारले वेवास्ता गरेको आरोप उनीहरको छ ।


गर्मी मौषममा दिनभर पानी समेत नखाइ आराप गरेर व्रत बस्नु पर्ने बेलामा  निर्वाचन सम्बन्धी जनचेतना जगाउन, उम्मेदवारहरूले घरदैलो गर्न र निर्वाचन कार्यक्रममा समेत सहभागी हुन कठीन हुने नया शक्ती नेपालका केन्द्रिय परीषद सदस्य आहीद अन्सारीले बताएका छन ।


प्रदेश नम्वर २ को पर्सा देखि सप्तरी सम्मका आठ जिल्लामा मात्रै ६० लाख भन्दा बढी मुस्लिम समुदायको बसोवास रहेको छ ।

रमजानको बीचमा स्थानीय तहको निर्वाचनको घोषणा गरिएको र मुस्लिम समुदायको सबै भन्दा मुख्य पर्वलाइ वेवास्ता गरिएकोभन्दै  जेठ ३१ को विकल्प खोज्ने जमियत उल्माए नेपाल रौतहटले बिज्ञप्ती निकालेर सरकारको ध्यानाकर्षण गराएको छ ।













1858211 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top