logo
14 Dec 2018   |   
समाज

सुख्खा पहिरो खस्दा दुइ जनाको मृत्यू , आधा दर्जन सवारी साधनमा क्षेती



समाज   16 पटक पढिएको        
चितवन २१ चैत / मुग्लिन नारायणगढ सडकखण्डको कविलास घुमाउने भन्ने ठाउँमा सुख्खा पहिरो खस्दा दुई जनाको ज्यान गएको छ भने केही सवारी साधन पुरीएका छन ।




सोमवार  विहान करीव ११ वजे  पहिरो खस्दा मोटरसाईकलमा सवार एक र ट्याङकरका सह चालक को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी  दिएका छन ।

 मृत्यु हुनेमा सल्यान घर भएका ४५ वर्षीय रेशराज राना र ट्याङकरका सह चालक भारत वेतियाका २५ वर्षीय विनयकुमार कौरे रहेका छन् ।

पहिरोले पुरेर  संदिप राना र वीरगञ्ज उपमहानगरपालिका १८ का वनु पटेल रहेका छन् । पहिरोमा बा १० प ४८४४ नम्बरको मोटरसाईकल, ग १० प ४८४४ नम्बरको मोटरसाईकल, ना ४ ख ५४१९ नम्बरको ट्याङ्ककर, रा १ ख ७८९ नं को मिनिट्रक, ना ६ ख ६६६४ नं को मिनिट्रकमा क्षती पुगेको छ । पहिरोले ट्याङ्ककर, मिनि ट्रक, मोटरसाइलक पूर्ण रुपमा क्षती पुगेको छ ।

नारायणगढ मुग्लीन सडक खण्डमा पर्ने घुमाउनेमा ठुलो पहाड भएकाले पहाड काटेर सिधा वनाउने काम भइरहेकोे स्थान हो । 

पहाडको माथि भागबाट फोडेर फराकिलो वनाउने क्रम चलिराखेकाले पहिरो गएको अनुमान गरिएको छ । सडक निर्माणको क्रममा त्यही ठुलो घुमाउरो मोडलाई हटाउनका लागि  पहरोलाई दुई तर्फवाट काटीरहेको थियो । 

डाँडोको टुप्पामा गएर एक्साभेटर र ‘रक ब्रेकर’ले पहाड खोस्रने र फुटाउने गरेको देख्दा तलबाट हेर्नेहरु नै डराउने अवस्था थियो । झण्डै ५० मिटर अग्लो पहाडको टुप्पामा एक्साभेटरले पहाड खन्दै गरेको थियो ।  कडा चट्टान भएका कारण थोरैथोरै मात्र काम गर्न सकिएको  नारायणगढ(मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताएका छन ।

भयो ।

एसियाली मापदण्डको दुई लेनको सडक बनाउनका लागि विस्तारको काम भइरहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल भारत क्षेत्रीय व्यापार आयोजना अन्र्तगत सडक विस्तारको काम भइरहेको छ । करिब तीन अर्ब रूपैयाँको लागतमा बन्ने सो सडक विस्तारको काम दुई वर्ष भित्र सक्ने गरेर सन् २०१५ मा  विभिन्न निर्माण कम्पनीहरुसँग सम्झौता भएको थियो ।

अहिलेसम्म करीव् ४० प्रतिशत काम  सकिएको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।













2133969 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top