logo
10 Dec 2018   |   
समाज

पुर्ण शाकाहारी नजरपुर गाउ !



समाज   50 पटक पढिएको        
कलमपाटी रौतहट २० भदौ मदिरा,सुर्तिजन्य र माछामासु निषेधित भएपछि नजरपुर शाकाहारी बस्तिको रुपमा परीचित छ | चन्द्रपुर नगरपालिका १४ स्थित नजरपुर गाउमा मदिरा तथा सुर्तीजन्य पदार्थ र माछामासु बिक्री बितरण र खानपान बन्द छ ।




चन्द्रनिगाहपुर देखि करीव सात किलोमिटर दक्षिणमा रहेको सो बस्ति बि.स. २०२० सालमा बसेको र एकसय २५ घर रहेको सो बस्तिका सवै मानिस कृष्ण प्रणामी धर्म मान्नेहरु रहेका छन ।
 गाउमा मदिरा बिक्री गर्न र सेवन गर्न पाइदैन । गाउका  किराना पसलहरुमा मदिरा,सुर्तीजन्य पदार्थ चुरोट, गुठ्खा, सुर्ती केही पाइदैन ।
स्थानिय डल्लिप्रसाद देवकोटाले भने गाउमा खैनी,पराग,चुरोट ,मदिरा केहि पनि पाइदैन ।
 गाउ १५ बर्षअघि नै पुर्ण साक्षरता रहेको शिक्षक उद्धब प्रसाद घिमिरेले कलमपाटी लाइ जानकारी दिए ।
गाउमा मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्री तथा सेवन नहुने र सवैले नियम पालना गर्दै आएको स्थानिय राजनैतिक कार्यकर्ता मदन सापकोटाको भनाइ छ ।
नजरपुर गाउका अधिकाश मानिस कृषि पेशामा रहेका छन  सो गाउ अधिकाशले पशुपालन गरी दुध बिक्री गर्ने गरेको स्थानियबासीले कलमपाटी लाइ बताएका छन ।
    करीव तीन हजार जनसख्या रहेको गाउ दुव्र्यशन मुक्त,पुर्ण शाकाहारी , पशुपक्षि वली निषेध गाउको रुपमा परीचित छ ।
अचम्मको कुरा के छ भने कृषि पेशामा आवद्ध भएपनि त्य गाउका मानिसले खसीबाख्रा, बोका , हास, कुखुरा , परेवा पालन गर्ने गरेका छैनन ।
लागुपदार्थ निषेध तथा पुर्ण शाकाहारी, घर घरमा शौचालय , गाउ नै साक्षर भएकाले , व्यवस्थित बस्ति रहेकाले नमुना गाउको रुपमा परीचित  छ ।
स्थानिय समाजसेवी बृद्ध कृष्ण प्रसाद सापकोटाले भने ‘ बस्ति बसेको ५० बर्ष भयो गाउमा झै भगडा तथा अपराधका घटना भएका छैनन, अड्डा अदालत, जानु परेको छैन ।’
    फोटो ः शाकाहारी नजरपुर गाउको मुख्य चौक । तस्विर कलम पाटी  













2087576 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top