logo
10 Dec 2018   |   
समाज

सशस्त्रमा ६ जना एसएसपीमा बढुवा



समाज   67 पटक पढिएको        
गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ । बढुवा हुनेमा क्रमशः अभि खत्री, शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गा भट्टराई, कमल गिरी र राजेन्द्र शाक्य रहेका छन् ।



बढुवा सिफारिसमा परेका शाक्य नेपाली सेनाबाट र अन्य पाँच जना प्रहरीबाट सशस्त्रमा आएका हुन् । गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा ४ चैतको साँझ बसेको बैठकले एसएसपी बढुवाका लागि सिफारिस गरेको थियो ।  सोही सिफारिसअनुसार मंगलबार उनीहरुको बढुवा भएको हो ।

राजधानी दैनिकबाट












2087511 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top