राजनीति


मधेस आन्दोलनको छानबिन गर्न उच्चस्तरीय टोली महोत्तरीमा

राजनीति 104 पटक पढिएको प्रकाशित मिति:


मधेस आन्दोलनको छानबिन गर्न उच्चस्तरीय टोली महोत्तरीमा

महोत्तरी : मधेस आन्दोलनको क्रममा हत्या गरिएको सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्याको छानबिन गर्न उच्चस्तरीय टोली आइतबार महोत्तरीको तत्कालिन महोत्तरी गाविस ९ स्थित सनुखडा पुगेको छ

नयाँ संविधान जारी गरेको विरोधमा तराई, मधेस, थरुहट आन्दोलनको समयमा क्रममा महोत्तरीमा असई विकको हत्या भएको थियो। मृत्यु भएका सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक विकको हत्याको जाँच बुझ गरी सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन टोली घटना स्थलमा पुगेको हो।

आन्दोलनको समयमा क्रममा भएको घटनाहरुको सम्बन्धमा छानबिन गरी सत्य तथ्य पत्ता लगाउन सरकारले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको समिति धनुषा हुँदै शनिबार महोत्तरी आइपुगेको हो।

आन्दोलनको क्रममा घाइते भएका र उपचारको लागि जलेश्वरबाट एम्बुलेन्समा सहायक प्रहरी निरीक्षक विकलाई लाने क्रममा एम्बुलेन्समा आगजनी गरी एम्बुलेन्सबाट थुतेर उनलाई कुटपिट निर्ममता पूर्वक धान खेतमा लगेर हत्या गरिएको थियो।

हत्याको अभियोगमा जिल्ला अदालत महोत्तरीमा दर्ता गरिएको कर्तव्यज्यान मुद्दामा २८ र एम्बुलेन्समा आगजनीसम्बन्धी मुद्दामा २५ जनाको नाममा प्रहरीले मुद्दा दर्ता गरिसकेको छ।

आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनी तथा मानवअधिकार हननका घटनाबारे जानकारी लिन, पीडित परिवारको समस्या बुझ्न तथा घटनास्थलको स्थलगत निरीक्षण गर्न अध्यक्ष लाल नेतृत्वको टोलीले शनिबार र आइतबार पीडित परिवारसँग घटनाको बारेमा कुरा गरेको छ। 

टोलीले महोत्तरीका पीडितसँग सोधपुछ तथा उजुरी संकलन गरिरहेको छ।

मधेस आन्दोलनको क्रममा महोत्तरीमा प्रहरीको गोली लागेर जलेश्वरनगरपालिका ७ बजराही १७ बर्षीय रोहन चौधरी, ६० वर्षीय रेडक्रसकर्मी गणेश चौधरी, महोत्तरी गाविस ५ का २२ वर्षीय रामविवेक यादव, पिगौना ५ का वर्षीय वीरेन्द्र विच्छा, जलेश्वर नगरपालिका १४ बखरीका मुसवा भनिने अमित कापर र हात्तिलेट ९ घर भएकी ३६ वर्षीया रामशिला मण्डलको प्रहरीले चलाएको गाली लागेर मृत्यु भएको थियो।

महोत्तरी आइपुगेको उच्च स्तरीय छानविन टोलीमा आयोगको सदस्यमा सूर्यप्रसाद कोइराला, नवराज ढकाल, सुखचन्द्र झा, सुजन लोकचनसहित आयोगका कर्मचारी रहेका छन्।

‘हामी चैत १४ गतेसम्म महोत्तरीमा रहन्छौं,’ आयोगका अध्यक्ष लालले भने, ‘यस अवधिमा महोत्तरीमा भएका मानव अधिकार हनन् सम्बन्धी घटनाको निरीक्षण, प्रमाण तथा उजुरी संकलन एवं सरोकारवालासंग विचारविमर्श गछौं।’

आयोगका अध्यक्ष लालका अनुसार आयोगमा हालसम्म १३ सय उजुरी दर्ता भइसकेका छन्। सयौं उजुरी अझै दर्ता हुन बाँकी रहेको छ। शनिबार जलेश्वरमा सहिद परिवार, घाइते तथा मोर्चा सम्बद्ध राजनीतिक दलका नेतासँग टोलीले अन्तरक्रिया गरेका थिए।

आन्दोलनको क्रममा मृत्यु भएका पीडित परिवारजनले सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गोली हानेको आरोप लगाएका थिए। ‘अपराधीमाथि कारवाही हुनुपर्छ’ भन्दै पीडित परिवारजनले टोली समक्ष आक्रोश व्यक्त गरेका थिए। ‘न सरकारले कुनै सहयोग गर्यो, नत मधेसी मोर्चाका नेताहरुले नै वास्ता गरे,’ भावुक बन्दै उनीहरुले आयोगका प्रतिनिधीहरु माझ दुखेसो पोखे।   #अन्नपुर्णपोष्ट अनलाइन बाट 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

English News



680801 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top