logo
14 Dec 2018   |   
राजनीति

प्रतिकारमा उत्रन तमलोमा अध्यक्ष ठाकुरको निर्देशन



राजनीति   28 पटक पढिएको        
काठमाण्डौ २० फागुन/ तमलोपा अध्यक्ष महन्थ ठाकुरले पार्टीका सांसद, केन्द्रीय समिति सदस्य र अगुवा कार्यकर्तालाइ विकसित राजनीतिक घटनाक्रमबारे जानकारी दिलाउँदै चुनावको प्रतिकार गर्नका लागि जिल्ला फर्कन निर्देशन दिएका छन ।




बिहीबार बिजुलीबजारमा आयोजित दुई छुट्टाछुट्टै भेलामा उनले संविधान संशोधन नभएसम्म चुनाव स्विकार्न नसकिने उल्लेख गर्दै त्यस्तो निर्देशन दिएका हुन ।

‘सरकारले लिएको नीति मुठभेडतर्फ उन्मुख छ भन्ने बुधबारको बालुवाटार वार्ताले  पनि देखायो, अब परिस्थिति चुनौतीपूर्ण बनेर गएको छ,’ ठाकुरले  भेलामा भने, ‘तपाईंहरू तुरुन्तै आ–आफ्नो जिल्लामा फर्केर मुकाबिलाको तयारी गर्नुहोस ।’

एमालले  शनिबारदेखि मधेसकेन्द्रित अभियान चलाउने घोषणा गरेको भन्दै ठाकुरे त्यस दलका नेताहरूे अभियान थाल्नुअघि नै मधेसीविरुद्ध धम्कीपूर्ण भाषा बोल्नु आश्चर्यजनक रहेको टिप्पणी गरेका थिए । ‘उहाँहरूले  किन अभियान सुरु नहुँदै मधेसी समुदायलाई लक्षित गर्दै धम्कीपूर्ण भाषा बोल््नुभयो, मैले बुझेको छैन,’ ठाकुरले  थपे, ‘बन्दुकको बलमा एजेन्डाहरू दबाउन खोजिँदै छ । स्थानीय चुनावमा स्वयंसेवक र कर्मचारी खटाउने हो । सेना किन आवश्यक र्पयो ?’ 

ठाकुरले संविधान संशोधन नहुन्जेल चुनावमा जान नसकिने, निर्वाचन आयोगमा दल दर्तासमेत नगर्ने बताए । मधेसी मोर्चामा आबद्ध ७ मधेसवादी दलमध्ये संघीय समाजवादी फोरमले मात्रै आयोगमा दल दर्ता गरेको इकान्तिपुर डटकममा समाचार छ । 













2134408 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top