समाज


प्रेस काउन्सिल द्धारा बिभिन्न निर्देशिका जारी

समाज 127 पटक पढिएको प्रकाशित मिति:


प्रेस काउन्सिल द्धारा बिभिन्न निर्देशिका जारी

कलमपाटी १८ फागुन / प्रेस काउन्सिल नेपालले अपाङ्गतामैत्री सञ्चार निर्देशिका, बालमैत्री सञ्चार निर्देशिका, र विज्ञापनसम्वन्धी सञ्चार निर्देशिका–२०७३ जारी गरेको छ ।


बिशेषज्ञ सम्मिलित कार्यदलले बृहत छलफलपछि तयार गरेको उक्त निर्देशिकाको मसौदा उपर प्रेस काउन्सिल नेपालको शुक्रबार बसेको बैठकले पारित गरेपछि जारी भएको हो ।

आमसञ्चारमाध्यमलाई बालमैत्री, अपाङ्गतामैत्री बनाउँदै स्वस्थ, मर्यादित पत्रकारिताको विकासको लागि पत्रकार आचारसंहिता—२०७३ को दफा (१२) ले दिएको अधिकार प्रयोग गरी काउन्सिलले नेपाल पत्रकार महासंघ लगायत सरोकारवाला संघ÷संस्थाको सल्लाह र सम्मतिमा उक्त निर्देशिकाहरु जारी गरेको हो ।

छिट्टै महिला सञ्चार निर्देशिका र दलितमैत्री सञ्चार निर्देशिका समेत जारी गर्ने गरी तयारी भैरहेको प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिएका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 NEXT

English News



680804 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top