logo
17 Oct 2018   |   
राजनीति

स्वबियू निर्वाचन फागुन १४ गते



राजनीति   127 पटक पढिएको        
काठमाण्डौ १४ माघ / नौ वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को चुनाव आगामी फागुन १४ गते हुने भएको छ । चुनावका लागी प्रमुख राजनीतिक दल निकट विद्यार्थी संघ र संगठनहरू एकमत भएका छन ।




चुनावका लागी त्रिभुवन विश्वविद्यालयले  निर्वाचन तालिका सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । 

विद्यार्थी हकहितका निम्ति २०३६ सालदेखि स्ववियुको चुनाव हुँदै आएको छ । अब हुने स्ववियु चुनाव मिश्रित प्रणालीमा हुनेछ । उम्मेदवारी दिने विद्यार्थीको उमेर २८ वर्षको हुनेछ । 

स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्षको मतदान एक व्यक्ति एक मतका आधारमा बताइएको छ । सदस्यहरूका हकमा जम्मा निर्वाचित हुनेमध्ये ५० प्रतिशत सदस्यहरू प्रत्यक्ष निर्वाचन प्रणालीबाट आउनेछन भने बाँकी ५० प्रतिशत सदस्यहरूको निर्वाचन समानुपातिक प्रणालीबाट हुनेछ । उपाध्यक्ष र सहसचिवको निर्वाचन निर्वाचित अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूसहितको समितिले  समानुपातिकतर्फबाट निर्वाचित सदस्यहरूमध्येबाट प्रत्यक्ष निर्वाचन प्रणाली ढग बाट गर्ने स्ववियु नियममा छ ।













1779873 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top