logo
16 Nov 2018   |   
साहित्य

बज्जिका पत्रकार संघ, नेपाल दर्ता



साहित्य   106 पटक पढिएको        
सञ्जय मित्र / रौतहट / पत्रकारिता क्षेत्रमा एउटा नयाँ संस्थाले औपचारिकता प्राप्त गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटबाट बज्जिका पत्रकार संघ, नेपाल नामक संस्थाले औपचारिक रुपमा दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।



गत वर्ष फागुन १५ गते बज्जिकामा कलम चलाइरहेका पत्रकारहरुको भेलाले राजेश्वर पान्डेको अध्यक्षतामा बज्जिका पत्रकार संघ तदर्थ समिति गठन गरी जिल्ला प्रशासन कार्यालय रौतहटमा दर्ता हुने निर्णय गरेको थियो । संघसंस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएको संस्थालाई जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत विष्णुरञ्जन बरालले बज्जिका पत्रकार संघ, नेपाललाई दर्ता प्रमाणपत्र उपलब्ध गराएका छन् ।  संघको उपाध्यक्षमा समतोलिया कुमारी मुखिया र रामेश्वर मेहता, सचिवमा चंचल झा, सहसचिवमा देवेन्द्र कुमार चौधरी र शिवकिशोर सिंह, कोषाध्यक्षमा राकेशकुमार यादव तथा सदस्यहरुमा अल्पना कुमारी, मनोजकुमार यादव, ओमप्रकाश यादव, रश्मि पटेल, अमितकुमार ठाकुर, चन्दनकुमार पटेल रहेका छन् । संस्थाले औपचारिकता प्राप्त गरेपछि बज्जिका पत्रकारितामा नयाँ युगको सुरुआत भएको अध्यक्ष पान्डेले बताएका छन् । संघको प्रथम वार्षिकोत्सव धुमधामका साथ आगामी फागुन १४ गते मनाइने तयारी भइरहेको समेत पान्डेको भनाइ छ ।











1872095 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top