साहित्य


बज्जिका लोक साहित्य पुरस्कार गुप्ता र गिरीलाई

साहित्य 30 पटक पढिएको प्रकाशित मिति:


बज्जिका लोक साहित्य पुरस्कार गुप्ता र गिरीलाई

कलमपाटी १५ पुस/ बज्जिका भाषाको लोक साहित्यको क्षेत्रमा योगदान पु¥याउनेलाई प्रदान गरिने पुरस्कार साहित्यकारहरु रेणु गुप्ता र शीलत गिरीलाई प्रदान गरिने भएको छ ।

बज्जिकार्पण साहित्यिक पत्रिकामा एक वर्षमा प्रकाशित लोकसाहित्य र लोकसाहित्यसम्बन्धी रचनामध्ये एकजनालाई छनौट गरी संकलक वा रचनाकारलाई  लोकसाहित्य पुरस्कार प्रदान गरिन्छ ।
रौतहटको विर्ता निबासी लालबाबु नामले परीचित  योगेन्द्र साहद्वारा आफ्ना मातापिताको स्मृतिमा स्थापित एसएस लोकसाहित्य पुरस्कार २०७२ को लागि गुप्तालाई र २०७१ का लागि गिरीलाई दिने निर्णय गरिएको हो ।
साहित्यकार सञ्जय सुदामा र पुरस्कार संस्थापक साहले संयुक्तरुपमा गुप्ता र गिरीलाई दुई अलगअलग वर्षका लागि पुरस्कृत गर्ने निर्णय गरेका हुन् । पुरस्कारको राशि एक हजार एक रुपैया नगद र सम्मान पत्र रहेको छ ।
२०७२मा प्रकाशित बज्जिकार्पण साहित्यिक पत्रिकाका दुई अङ्कमध्ये रोपाइँको गीतको संकलनका साथै  विश्लेषण गरिएको गुप्ताको रचनालाई र २०७१ मा प्रकाशित पत्रिका मध्ये बज्जिकाञ्चलका वीरपुरुष लोरिकको विषयमा लेखिएको गिरीको अनुसन्धानात्मक लोकसाहित्य विषयक रचनालाई पुरस्कृत गरिने निर्णय गरिएको हो । दुवैजनालाई पुस २३ गते शनिवार एक कार्यक्रमबीच पुरस्कार समर्पण गरिने  छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


English News



644134 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top