logo
16 Nov 2018   |   
समाज

६ महिनामा बच्चा जन्मिएपछि श्रीमान श्रीमती नै अन्यौलमा



समाज   20 पटक पढिएको        
रौतहट १५ मंसिर / बैदेसिक रोजगारीमा तीन बर्ष बसेर श्रीमान घर आएको ६ महिनामा नै छोरी जन्मिएपछि विवादका कारण रौतहटमा एक शिशुको न्वारान हुन सकेको छैन ।




रौतहटको चन्द्रपुर नगरपालिका घर भएकी २३ बर्षिया एक युवती करीव डेढ महिनाकी छोरी सहित माइतीमा स्दै आएकी छिन ।
 श्रीमानले आफ्नो सन्तान नभएको र आफु तीन बर्ष बिदेश बसेर आएको ६ महिनामा नै छोरी जन्मिएको भन्दै प्रहरीमा निवेदन दिएपछि छोरी र  ति युवतीको बिचल्ली भएको हो ।
 आफुले कोही कसै संग अनैतिक सम्वन्ध नराखेको बताउदै ६ महिनामा जन्मिएको छोरी आफ्नै श्रीमानको सन्तान भएको दावी गर्दै आएकी छिन ।  उन्ले डिएनए परीक्षण गराउन समेत श्रीमान लाइ चुनौती दिएकी छिन ।
यता ति युवतीको श्रीमानले भने आफु घर आएको ६ महिनामा छोरी जन्मिएकाले आफ्नो सन्तान हुनै नसक्ने बताउदै आएका छन ।
 
गएको कार्तिक ४ गते छोरी जन्मिएपछि छोरी सहित ती युवती माइतीमा बस्दै आएकी छिन ।
माइती पक्षले युवतीलाइ घरमा राख्न र छोरीको न्वारान गर्न दवाव दिएपछि आफ्नो सन्तान नभएको भन्दै न्यायको लागी प्रहरी कार्यालयमा निवेदन दिएको युवकको भनाइ छ ।
मलेसिया बसेर आएका २४ बर्षिय युवक गत बैसाख ४ गते घर आएका थिए । घर आएको ६ महिनामा कार्तिक ४ गते छोरी जन्मिए पछि उनी  अचम्ममा परेको युवकले कलमपाटी लाइ बताएका  छन ।
६ महिना मा नै छोरी जन्मिएपछि अशिक्षित परीवारका ती श्रीमान श्रीमती दुवै अन्यौलमा छन ।
उनीहरुले २०६७ सालमा मागी विवाह गरेका थिए पहिलो सन्तान २०६८ सालमा जन्मिएको थियो ।
     बच्चाको बास्तिविक उमेर प्रमाणित गर्नका लागी प्रकृया अगाडी बढाएको नेपाल प्रहरी महिला वालवालिका सेवा केन्द्र गरुडाका प्रमुख प्रहरी नायव निरिक्षक संजीव सुवालले बताए ।












1871100 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top