logo
21 Mar 2019   |   
समाज

माघे संक्रान्तीमा सार्वजनिक बिदा



समाज   23 पटक पढिएको   कलमपाटी     
पोखरा २६ पुस । गण्डकी प्रदेश सरकारले मगर र थारु जाति लगायतको पर्व माघे संक्रान्तीका दिन सार्वजनिक बिदा गर्ने घोषणा गरेको छ।



मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए। 

यसअघि गण्डकी सरकारले गुरुङ जातिको पर्व लोसारको अवसरमा पुसे पन्ध्रममा बिदा दिएको थियो। उक्त बिदामा पनि संघीय सरकार मातहतका सरकारी कार्यालय र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले प्रदेश सरकारको निर्णय अस्वीकार गरेका थिए।

गण्डकी प्रदशेमा मगर जातिको जनसंख्या ४ लाख ५२ हजार ५ सय ९० छ। थारु ४१ हजार १ सय ५९ छन्। २४ लाखभन्दा बढी जनसंख्यामध्ये मगर १८ प्रतिशत छन्।











2669227 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top