logo
18 Mar 2019   |   
समाज

अटोरिक्सा दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते



समाज   103 पटक पढिएको   कलमपाटी     
चितवन २६ पुस । चितवन जिल्लामा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।



नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३ वर्षीय होममाया थापा (लामिछाने) को मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

अटोमा सवार उनका श्रीमान् ३५ वर्षीय सन्तोष लामिछाने र छोरा पाँच वर्षीय सुशान्त घाइते भएका छन् । गम्भीर घाइते सुशान्तको भरतपुरमा उपचार हुन नसकेपछि ग्राण्डी अस्पताल काठमाडौं सिफारिश गरिएको अस्पतालले जनाएको छ । अटो र अटो चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साभार अनलाईन खबर











2647952 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top