logo
17 Jan 2019   |   
खेलकुद

बर्टनमाथि सिटीको गोल बर्षा



खेलकुद   24 पटक पढिएको   कलमपाटी     
काराबाओ कपको पहिलो सेमिफाइनल लेगमा म्यानचेस्टर सिटीले बर्टन अल्बियनमाथि गोल बर्षा गरेको छ । सिटीको घरेलु मैदानमा बुधबार राति भएको एकपक्षीय खेलमा सिटीले बर्टन अल्बियनलाई ९–० गोलले हरायो ।



सिटीको जितमा गाब्रियल जेसस एक्लैले चार गोल गरेका थिए । केभिन डे ब्रुयनले पाँचौ मिनेटमा हेड गोल गर्दै सिटीको खाता खोले । ३०औं मिनेटमा जेससले हेड गोल गर्दै अग्रता दोब्बर बनाए । जेससले ३४औं, ५७औं र ६५औं मिनेटमा गोलगर्दै ब्यक्तिगत चार गोल पुर्याए । 

ओलेकजेन्डर जिन्चेन्कोले ३७औं, फिलिप फोडेनले ६२औं, काइल वाल्करले ७०औं र रियाद माहरेजले ८३औं मिनेटमा एक एक गोल थपेका थिए । सिटी काराबाओ कपको पछिल्लो ६ सिजनमा चारपटक फाइनल यात्रा तय गरेको छ ।

यसपटक पनि सिटीको फाइनल पुग्ने सम्भावना बढी छ । साविक विजेता सिटीले फाइनलमा चेल्सी र टोट्टनहामबीचको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनल खेलको पहिलो लेगमा टोट्टनहामले चेल्सीलाई १–० गोलले हराएको छ । एजेन्सी











2291997 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top