logo
17 Jan 2019   |   
खेलकुद

रामोसको शतकीय गोलमा रियल विजयी



खेलकुद   24 पटक पढिएको   कलमपाटी     
कप्तान सर्जियो रामोसले करियरको एक सयौं गोल पूरा गरेको खेलमा रियल म्याड्रिडले कोपा डेल रे फुटबलमा लेगानेसलाई ३–० गोलले हराएको छ ।



राउण्ड अफ १६ अन्तर्गत बुधबार राती घरेलु मैदानमा भएको खेलमा रियलले रामोसको गोलमा अग्रता लिएको थियो । रामोसले ४४औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । अल्भारो ओड्रीओजोलालाई लेगानेसका जेरार्ड गुम्बाउले डिबक्स भित्र लडाएपछि रेफ्रीले रियललाई पेनाल्टी दिएका थिए । 

त्यसपछि रियलले दोस्रो हाफको सुरुवातमै अग्रतालाई दोब्बर बनायो । लुकास भाजक्वजिले ६८औं मिनेटमा गोल गर्दै रियललाई अगाडी बढाए । भिनिसियस जुनियरले ७५औं मिनेटमा उत्कृष्ट भलि गोल गर्दै टोलीको जित सहज बनाए । रियलले टोलीका प्रभावशाली खेलाडीलाई यस खेलमा आराम दिएको थियो । चोटका कारण ग्यारेथ बेल, टोनी क्रुज र मार्को असेन्सियो उपस्थित थिएनन् ।

यसैगरी कोपा डेल रेअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिड गिरोनासँग  १–१ गोलको बराबरीमा रोकिएको छ । भिल्लारियल र स्पान्योलले पनि २–२ गोलको बराबरी खेले । अर्को खेलमा गेटाफेले रियल भलाडोलिडलाई १–० गोलले हरायो । एजेन्सी











2291809 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top