logo
18 Mar 2019   |   
समाज

दुई पक्षबीच कुटाकुट



समाज   315 पटक पढिएको   कलमपाटी     
बिर्तामोड २५ पुस । न्यायिक समितिमा छलफल भइरहेका बेला झापाको मेचीनगर नगरपालिकामा दुई पक्षबीच कुटाकुट भएको छ । नगरपालिका–६ स्थित तल्लो भानु टोलस्थित अरुणोदय मावि र स्थानीय तोयानाथ चेपाङको जमिनको विवाद मिलाउने क्रममा मंगलबार दिउँसो कुटाकुट भएको हो ।



तोयानाथको पक्षमा छलफलमा सहभागी नयाँ शक्ति पार्टीका झापा अध्यक्ष वीरबहादुर श्रेष्ठलाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का युवा नेता सुमन थापाले हेल्मेट प्रहार गरेपछि झडप सुरु भएको हो । हेल्मेट प्रहारबाट श्रेष्ठको टाउकोमा चोट लागेको र मुखबाट रगत निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् । 

झडपमा स्थानीय ज्योति तामाङ पनि सामान्य घाइते भएकी छन् । समितिको बैठकमा छलफल चलिरहँदा बाहिर उपस्थित दुई पक्षबीच झडप भएको उपमेयर मीना उप्रेतीले बताइन् । झडपको केही समयमै घटनास्थलमा प्रहरी टोली पुगेको थियो । प्रहरी पुगेपछि पनि घाइते श्रेष्ठका छोरा सरोज र थापाका भाइ दिवाकर कार्कीबीच हात हालाहाल भएको थियो ।

कुटपिटपछि श्रेष्ठले आफूमाथि आक्रमण गरेको भन्दै थापाविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएका छन् । साभार अन्नपुर्ण











2648001 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top