logo
17 Jan 2019   |   
खेलकुद

सलाहले जिते अफ्रिकन बर्ष खेलाडी अवार्ड



खेलकुद   24 पटक पढिएको   कलमपाटी     
सन् २०१८ को अफ्रिकन बर्ष खेलाडी अवार्ड इजिप्टका सुपरस्टार मोहमद सलाहले जितेका छनन् ।



सेनेगलमा मंगलबार राति आयोजित विशेष समारोहमा सलाहलाई उक्त अवार्ड प्रदान गरिएको छ । 

लिभरपुलका भलाद्मी खेलाडी सलाहले यस अवार्ड लगातार दोस्रो पटक जितेका हुन् । उनले अवार्ड जित्ने क्रममा सेनेगल एवं लिभरपुलकै सहकर्मी साडियो माने र गाबोन एवं आर्सनलका पिर्रे इमेरिकलाई पछि पारे ।

इजिप्टलाई सन् २०१८ को रुस विश्वकप सम्म पुर्याउन २६ बर्षीय सलाहको भूमिका ठूलो थियो । क्लब फुटबलमा पनि सलाहले उत्कृष्ट प्रर्दशन गरे । गत सिजन ४८ गोल गरेका सलाहले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन उल्लेख्य योगदान गरेका थिए । सलाहले यसअघि बीबीसी अफ्रिकन बर्ष खेलाडी अवार्ड समेत जितेका थिए । सलाह अफ्रिकन ड्रिम टिममा समेत अटाएका छन् । एजेन्सी











2291730 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top