logo
21 Mar 2019   |   
मनोरञ्जन

पारिश्रमिक घटेको कुरालाई कपिलले गरे अस्विकार



मनोरञ्जन   39 पटक पढिएको   कलमपाटी     
भारतका चर्चित कमेडियन कपिल शर्माले एक वर्षपछि पुन ‘दि कपिल शर्मा शो’ सुरु गरेका छन् । दोस्रो सिजन भनिएको यस शोलाई धेरैले राम्रो भएको प्रतिक्रिया पनि दिएका छन् । उनले आफ्नो शोलाई केही परिमार्जित पनि गरेका छन् ।



तर, नयाँ शो सुरु हुने बित्तिकै कपिलको पारिश्रमिक घटेको चर्चा सुरु भएको छ । तर, कपिल यो कुरा सत्य नभएको बताउँछन् । उनले भनेका छन्–‘त्यो पारिश्रमिक घटेको छ भन्ने कुरा गलत हो । मैले र मेरो टिमले सन्तोषजनक पारिश्रिमक पाइरहेका छौं । हामी एकदमै खुसी भएर काम गरिरहेका छौं त्यो नै ठुलो कुरा हो, पारिश्रमिक त दोस्रो कुरा हो ।’

कपिलले आफ्नो शो भारतकै सबैभन्दा ठुलो र लोकप्रिय कमेडी शो भएको पनि दावी गरेका छन् । उनले भनेका छन् –‘सत्य कसैले लुकाउन सक्दैन कि, कपिल शर्माका शो यस देशको सबै भन्दा ठूलो कमेडी शो हो ।’ कपिल आफ्नो पुरानो टिम र केही नयाँ सदस्य सहित शोमा फर्किएका हुन् । उनको शोमा पुरानो टिमका चन्दन, किकु, सुमोना रहेका छन् भने दर्शकले भारती सिंह र कृष्ण अभिषेकलाई पनि शोमा देख्न पाउने भएका छन् ।













2669552 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top