सन्तपुरमा शैक्षिक तथा धार्मिक महोत्सव
समाज


सन्तपुरमा शैक्षिक तथा धार्मिक महोत्सव

समाज 127 पटक पढिएको प्रकाशित मिति:



सन्तपुरमा शैक्षिक तथा धार्मिक महोत्सव

कलमपाटी १४ मंसिर रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १२ स्थित सन्तपुर(मटिऔन)मा बुधवारदेखि रौतहट चन्द्रपुर सन्तपुर शैक्षिक तथा धार्मिक महोत्सव हुने भएको छ ।

रौतहट चन्द्रपुर सन्तपुर शैक्षिक तथा धार्मिक महोत्सव २०७३ मुल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवका बारेमा जानकारी गराउने उद्देश्यले मुल समारोह समितिका संयोजक रामचन्द्र चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अखिलेश्वर चौधरी र विद्यालयका प्रधानाध्यापक देवानन्द चौधरीले संयुक्त रुपमा गुरु योजनाका साथ महोत्सव गर्न लागिएको जानकारी दिउका छन ।
 पहिलो चरणमा ५ बर्षभित्र ३० करोड संकलन गर्ने लक्ष्य लिएको बताउदै विद्यालयमा नेपालकै सवैभन्दा राम्रो सभाहल निर्माण गर्ने, सिसिटिभी जडित कक्षाकोठाहरुको व्यवस्थापन गर्ने, क्याम्पस भवनलाई आकर्षक बनाउन एकै खालको रंगरोगन गर्ने, शैक्षिक संस्थाको पूर्वाधारलाई पूर्णता दिने, पौष्टिक सन्तुलन सहितको क्यान्टिन निर्माण गर्ने लगायतका योजनाहरु रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
उक्त अवसरमा करीव ७० देखि ७५ लाख अनुमानित खर्च हुने पनि मुल समारोह समितिले जानकारी दिएको छ । सात दिनसम्म चल्ने शैक्षिक एवम् धार्मिक महोत्सवको सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



1366291 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top