logo
21 Mar 2019   |   
मनोरञ्जन

मोदीको बायोपिकमा विवेक, यस्तो बन्यो फस्टलुक



मनोरञ्जन   39 पटक पढिएको   कलमपाटी     
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा चलचित्र बन्ने भएको छ । चलचित्रको फस्टलुक विभिन्न २३ भाषामा रिलिज गरिएको छ । चलचित्रमा नायक विवेक ओवरायले मोदीको भूमिका निर्वाहा गर्नेछन् । चलचित्रको फस्टलुक हेर्दा दर्शकलाई विवेक ओवराय नै हुन् भनेर चिन्न मुश्किल पर्छ ।



सार्वजनिक पोष्टरमा लेखिएको छ–‘देशभक्ति नै मेरो शक्ति हो ।’ यो चलचित्रमा नरेन्द्र मोदीको चिया बेच्दाको संघर्षदेखि भारतको राजनीतिको शक्तिशाली पदमा आइपुग्दासम्मको कथा देखाइनेछ ।

सुरुमा यो चलचित्रका लागि बलिउड कलाकार परेश रावललाई अफर गरिएको थियो । यो चलचित्रलाई ओमंग कुमारले निर्देशन गरिरहेका छन् । भारतमा निर्वाचन नजिकिदै जाँदा मोदीको बायोपिकमा चलचित्र बन्न लाग्नुलाई प्रचारको नयाँ तरिका मानिएको छ । साभार अनलाईन खबर












2669398 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top