logo
21 Mar 2019   |   
मनोरञ्जन

थोरै बजेटका १० फिल्म, जसले गर्यो २०१८ मा धेरै कमाइ



मनोरञ्जन   40 पटक पढिएको   कलमपाटी     
२०१८ बलिउडका लागि औसत रह्यो । एकतिर ठूला बजेटका फिल्म असफल भए भने अर्कोतिर साना बढेका फिल्मले केही नयाँ रेकर्ड बनायो । आज चर्चा ती १० फिल्मको गर्न खोजिएको छ । जसको बजेट थोरै भएपनि व्यवसाय भने राम्रो गरेका छन् ।



सत्यमेव जयते

मिलाप झावेरीले सेक्सुअल कमेडी फिल्मबाट बाँहिर रहेर देशभक्तीले ओतप्रोत फिल्म ‘सत्यमेव जयते’बनाएका हुन् ।  जुन फिल्मले बक्सअफिसमा राम्रो आम्दानी गर्यो । ४० करोडको बजेटमा बनेको यो फिल्मले ८८।१५ करोर्ड कमाउन सफल भयो ।

वीरे दी वेडिङ्ग

यस फिल्मबाट अभिनेत्री करिना कपूरले फिल्म अभिनयमा कमब्याक गरेकी हुन् । करिनाको अलवा फिल्ममा दीया सोनम र स्वरा भास्कर पनि थिए । २५ करोडमा निर्माण भएको यो फिल्मले ८०।२३ करोड कमाउन सफल रहेको थियो ।

हिच्की

२०१८ मा फिल्म ‘हिच्की’मा रानी मुखर्जीले दमदार अभिनय गरेकी थिइन् । यो फिल्मले बक्स अफिसमा ४६।१७ करोड कमाएको थियो । यो फिल्म २० करोड बजेटमा बनेको थियो । यस फिल्मले १३० प्रतिशत नाफा कमाएका थियो ।

बागी–२

सिक्वेल फिल्म ‘बागी २’ मार्फत टाइगर श्रापले बक्स अफिसमा पुनः बाजी मारे । यो फिल्म टाइगरको बक्स अफिसमा १०० करोड क्लबको पहिलो फिल्म बन्यो । ६० करोड लगानीमा बनेको फिल्म १६५ करोड कमाएको थियो । 

राजी

यो फिल्म मार्फत एक पटक फेरि आलिया भट्टले  जासुसी थ्रिलरमा आफूलाई अब्बल सावित गरिन् ।

३० करोडको बजेटमा बनेको फिल्मले १२३ करोड बढी कमाएको थियो ।

अन्धाधुन

आयुष्मान खुराना र राधिका आप्टे अभिनित श्रीराम राधवनको फिल्म अन्धाधुनले बक्स अफिसमा ७२।५को कमाई गर्न सफल रह्यो । मात्र २० करोडमा बनेको यो फिल्म पनि राम्रो सफल फिल्ममा मानिन्छ । 

सञ्जु

राजकुमार हिरानीको फिल्म ‘सञ्जु’ सञ्जय दत्तको जीवनीमा बनेको हो । ३०० करोड कमाउन सफल २०१८ को यो दोस्रो फिल्म हो । यो फिलम ८० करोड बजेटमा निर्माण भएको थियो ।

टीटुकी स्वीटी

यो फिल्मबाट आर्यन स्टार बने । १०८ करोड कमाएको यो फिल्म २४ करोडमा बनेको थियो ।

बधाई हो

आयुस्मान खुरानाको फिल्म ‘बधाई हो’ ले १३६ करोड बढी कमाएको छ । यो फिल्म २२ करोड भन्दा पनि कम बजेटमा बजेको थियो ।

स्त्री

२०१८ को सबैभन्दा प्राक्टिल फिल्म हो– स्त्री । २० करोड बजेटमा बनेको यो फिल्मले १२९ करोड बढी कमाउन सफल रहन सक्यो । फिल्ममा श्रद्धा कपूर र राजकुमार रावको अभिनय रहेको थियो । एजेन्सी











2669426 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top