logo
20 Mar 2019   |   
खेलकुद

बार्सिलोनाको जितमा मेस्सी र स्वारेजको गोल



खेलकुद   30 पटक पढिएको   कलमपाटी     
लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ ।



सोमबार बिहान भएको खेलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । गेटाफेका लागि जइमी माटाले गोल गरेका थिए ।

खेलको २०औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । सुरुवाती समयदेखि नै दबाब बनाएको बार्सिलोनाले खेलको ३९औं मिनेटमा दोब्बर गोल गर्न सफल भयो । यो पटक भने स्वारेजले गोल गरेका थिए । तर ४३औं मिनेटमा माटाले गोल गर्दै गेटाफेलाई २–१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

पहिलो हाफमा २–१ गोलअन्तरले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सकेपनि थप गोल गर्न भने सकेन । 

जितसँगै लिग लिडर बार्सिलोनाको १८ खेलबाट ४० अंक भएको छ । पराजित गेटाफेको समान खेलबाट २५ अंक छ । साभार अनलाईन खबर












2661420 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top