logo
16 Nov 2018   |   
समाज

दुइ गाबिस सचिव बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता



समाज   18 पटक पढिएको        
काठमाण्ठौ १४ मंसिर / रकम हिनामिना गरेको आरोपमा अख्तियारले पर्साका दुइ गाबिस सचिवहरु बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।




पर्साको औलो गाबिसले विभिन्न आर्थिक वर्षमा विनियोजित सामाजिक सुरक्षा भत्ता लगायत विभिन्न सरकारी रकमहरु हिनामिना गरी भ्रष्टचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुंदा सो गाबिसमा कार्यरत तत्कालिन गाबिस  सचिवहरू रामेश्वर प्रसाद साह र मनोज कुमार साहले  आव २०६६ र ०६७ देखी आव २०६९ र ०७० सम्ममा सामाजिक सुरक्षा भत्ता, बाल संरक्षण भत्ता लगायत विभिन्न शिर्षकहरुमा निकासा भएको रकम हिनामिना गरेको भन्दै सचिव रामेश्वर प्रसाद साहलाइ  ३० लाख ३९ हजार १८२ र मनोज कुमार साहलाइ ७८ हजार बिगो कायर गरी सजाय हुन माग दावी गर्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मंगलवार  विशेष  अदालत काठमाण्डौंमा आरोप पत्र दर्ता गरेको छ ।












1871149 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top