logo
20 Mar 2019   |   
खेलकुद

आर्सनल र चेल्सी चौथो चरणमा



खेलकुद   36 पटक पढिएको   कलमपाटी     
आर्सनल र चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा आर्सनलले ब्ल्याकपुललाई ३–० गोलले पराजित गर्यो । चेल्सीले नटिङघम फरेष्टलाई २–० गोलले हरायो ।



आर्सनलको जितमा युवा फरवार्ड जोसेफ विललक दुई गोल गरे । एक गोल एलेक्स इओवीले थपेका थिए । 

ब्ल्याकपुलको मैदानमा भएको खेलमा ११औं मिनेटमा जोसेफको गोलबाट आर्सनलले अग्रता लिएको थियो । जोसेफले ३७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ८२औं मिनेटमा इओवीले गोल गर्दै आर्सनलको जित सहज बनाए ।

अर्को खेलमा चेल्सीका लागि दुवै गोल अल्भारो मोराटाले गरे । घरेलु मैदानमा चेल्सीले खेलमा पकड बनाएपनि दोस्रो हाफमा मात्र गोल गर्न सकेको थियो । अल्भारोले ४९औं र ५९औं मिनेटमा गोल गरेका थिए । चेल्सीले ३१औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेको थिएन । चेल्सीका सेस फाब्रिगासको पेनाल्टी नटिङघमका गोलरक्षक लुके स्टेलीले विफल पारेका थिए । 

शनिबार रातिनै भएका अन्य खेलमा एभर्टनले लिनकोन सिटिलाई २–१, क्रिस्टल प्यालेसले ग्रिम्सबाई टाउनलाई १–० र स्वान्सी सिटीले एस्टर्न भिल्लालाई ३–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । एजेन्सी












2661467 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top