logo
21 Mar 2019   |   
राजनीति

दलीय किचलोले गाउँसभा अधुरो



राजनीति   137 पटक पढिएको   कलमपाटी     
सिरहा २२ पुष । सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिकामा असारमै सकिनुपर्ने गाउँसभा दलीय किचलोका कारण हुन सकेको छैन । संघीय समाजवादी फोरम र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिबीच शिक्षा, न्यायिक, विपद् व्यवस्थापन समिति गठनमा मतभेद कारण गाउँसभा विवादमा परेको हो ।



गाउँसभा नहुँदा ०७५/७६ को बजेट सञ्चालन पनि भएको छैन । कर्मचारी, जनप्रतिनिधि तथा विषयगत कार्यालयका (शिक्षा, स्वास्थ्य, पशु) कर्मचारीले ६ महिनादेखि तलब पाउन सकेका छैनन् । विकासको काम प्रभावित बनेको छ । न्यायिक समितिले पूर्णता नपाउँदा न्याय सम्पादनमा असर देखिएको छ । पाँच वटा वडा रहेको यहाँ दुई वडाध्यक्षसहित अध्यक्ष, उपाध्यक्ष फोरम र ३ वटामा नेकपाका वडाध्यक्ष छन् । वडासदस्य, कार्यपालिका सदस्य गरी २९ सदस्यीय गाउँसभामा १७ जना नेकपाका र १२ जना फोरमका सदस्य छन् ।

गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवका अनुसार स्थानीय सरकार सञ्चालन ऐनअनुसार शिक्षा समिति, न्यायिक तथा विपद् व्यवस्थापन गठन हुनुपर्ने हो तर, ऐनविपरीत नेकपाका जनप्रतिनिधिले गाउँपालिकाको समितिमा संयोजक पाउनुपर्ने बताएपछि विवाद भएको छ । विवाद सुल्झाएर ६ महिनाभित्रमा २५ पटक बैठक बोलाए पनि नेकपाबाट निर्वाचित जनप्रतिनिधिले कुरै नसुनेको उनले आरोप लगाए । विकासमा समेत विपक्षीले अवरोध गरेको उनको गुनासो छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यस गाउँपालिकामा चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि ५ करोडभन्दा बढी रकम निकासा भएको छ । तर, एक रुपैयाँ पनि खर्च हुन नसकेको कोलेनिका प्रमुख राधेश्याम गिरी बताउँछन् । नेकपाबाट निर्वाचित ५ नम्बर वडाका अध्यक्ष अमरलाल यादव भन्छन्, ‘गाउँसभा गर्न सहमति नजिक पुगेका छौं, दुवै दलबाट पटक पटक छलफल भएको छ । चाँडै गाउँसभा हुन्छ ।’ विवाद समाधान गर्न जिल्ला समन्वय समितिले पनि पहल थालेको छ । साभार अन्नपुर्ण











2669248 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top