logo
16 Nov 2018   |   
साहित्य

बज्जिका भाषाको पहिलो गीत रेकर्ड



साहित्य   127 पटक पढिएको        
कलमपाटी १२ मंसिर / नेपालीय बज्जिकाको प्रथम गीतको रेकर्ड गरिएको छ । रौतहटमा प्रभावशाली युवा गायकद्वय संजय महतो राज र नथुनी बसेराले संयुक्तरुपमा पहिलो बज्जिका गीत गाएर रेकर्ड गराएका हुन् ।




रौतहटको शिवनगरमा खोलिएको स्टुडियोमा गीत गरिएको हो । कवि, लेखक तथा गीतकार राजका साथै गायक बसेराको संयुक्त लेखन रहेको गीतमा दुवैजनाको संयुक्त स्वर पनि रहेको छ ।
 नेपालमा बज्जिका भाषामा पहिलो गीतको रेकर्ड भएकोले बज्जिका क्षेत्रमा नयाँ युगको आरम्भ भएको बज्जिका साहित्यकार राम अधार पासवानको प्रतिक्रिया छ  ।
सभ्य र शिक्षाप्रद गीतबाट नेपालीय बज्जिका गीतको औपचारिक सुरुआत हुनु सुखद पक्ष रहेको धेरैको भनाइ छ । बज्जिका भाषामा भारतमा शारदा सिन्हालगायत विभिन्न प्रसिद्ध गायकले समेत बज्जिकामा गीत गाएका छन् । नेपालमा पनि केही गायकको एलबममा बज्जिका गीत परेको भए पनि बज्जिका नाम दिन नसकेको अवस्थामा स्थानीय गायकद्वय राज र बसेरा नेपालीय बज्जिकाका प्रथम गायक बन्न सफल भएका छन् ।
चन्दु यादवको संगीत तथा धर्मेन्द्र कुमारको लगानीमा रेकर्ड गरिएको गरिएको गीतलाई माँ सरस्वती रेकर्डिङ स्टुडियो शिवनगरमा नै मिक्सिङको काम भइरहेको र केही दिनमै गीतलाई सार्वजनिक गरिने गायक राजले जानकारी गराएका छन् ।
 












1871136 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top