logo
17 Jan 2019   |   
समाज

जनज्योती क्याम्पसको शैक्षिक अवस्था खस्कदो



समाज   127 पटक पढिएको   कलमपाटी     
रौतहट ७ पुस चन्द्रनिगाहपुरमा रहेको जनज्योती बुहमुखी क्याम्पसको अवस्था बिग्रदै गएको सरोकारवालाहरुले बताउन थालेका छन । क्याप्पसमा महिनौ देखी प्रमुख तथा साहयक प्रमुख छैनन । चार महिना देखी प्राध्यापक तथा कर्मचारीले तलव पाएका छैनन । क्याम्पसको पढाइको अवस्था बिग्रदै गएपछि बिधार्थी चिन्तित बन्न थालेका छन ।



जनज्योति बहुमुखी क्याम्पसका प्राध्यापक  र कर्मचारी आन्दोलनमा  मा उत्रेका छन ।

 संचालक समितिका अध्यक्ष शशीबिनोद काफ्लेलाई क्याम्पस सुधारको माग गर्दै प्राध्यापक तथा कर्मचारहिरुले ध्यानाकर्षण पत्र बुझाएका छन ।

क्याम्पसका उपप्राध्यापक बलराम गौतमको संयोजकत्वमा पुस २ गते बैठक बसेर  प्रशासनिक जटिलता फुकुवा गर्नुपर्ने, बिश्व बिधालयबाट पाइने अनुदानको लागी प्रकृया अगाडी बढाउनु पर्ने , रोकिएको तलव पाउनुपर्ने  माग राखेर संचालक समिती लाइ ध्यानाकर्षण पत्र बझाइएको छ ।

  क्याम्पसमा प्राध्यापक र कर्मचारी गरी २७ जना छन ।  चार महिना देखी उनीहरुले तलव पाएका छैनन ।

तत्कालीन प्रमुख दुर्गा प्रसाद दाहाललाइ ६ महिना अघि हटाइएपछि नया“ प्रमुख नियुक्ती गर्न खुल्ला बिज्ञापन गरीएको थियो । 

 परिक्षामा माधव ढुंगेल उतिर्ण भएका थिए । ढुगेल उतिर्ण भएपनि उनलाइ प्रमुख बनाउने बिषयमा संचालक समितीमा विवाद आएपछि ढुगेल हाजिर हुन आएका छैनन । उन लाइ ३५ दिन भित्र हाजीर हुन पत्राचार भएपनि एकसाता अघि म्याद सकिएको छ । 

उप प्राध्यापक बलराम गौतम लाइ प्रमुख बनाउने बिषयमा नेकपा र काग्रेस पार्टीका नेताहरु र समितीका पदाधिकारी बिच छलफल भएपनि केही समितीका पदाधिकारी विच कुरा नमिले पछि सो बिषय रोकिएको संचालक समितीका एक पदाधिकारीले जनाएका छन ।

प्रमुख नियुक्ती तथा क्याम्पसको शैक्षिक सुधारका लागी संचालक समितिका अध्यक्ष लगाएतका केही पदाधिकारी निस्कृय रहेकाले समस्या थपिदै गएको संचालक समिती  सदस्य संन्जय कार्कीको आरोप छ ।

क्याम्पस संचालक समितीका अध्यक्ष काफ्लेले चाडै नै नया“ प्रमुख नियुक्ती का लागी प्रकृया थालिने बताएका छन ।

स्नाकोत्तर तहको भर्ना अभियान चलिरहेको छ ।  प्रमुख नहुदा भर्ना अभियान नै प्रभावित हुदै आएको बताइएको छ ।

उक्त क्याम्पसमा पहिले हजार भन्दा बढी बिधार्थी थिए अहिले करिव ६ सय बिधार्थी छन । बिधार्थी को सख्या बर्षेनी घट्दो छ । बिश्व बिधालय अनुदान आयोग बाट गतबर्ष इ लाइवेरी निमार्णका लागी आएको करीव ८ लाख रुपैया अन्यत्र खर्च गरेको बिधार्थी नेताहरुको  आरोप छ ।

क्याम्पस प्रमुख नहुदा पढाइ तथा बिधार्थीको भविश्य नै अन्यौल बन्दै गएको जनज्योती क्याम्पसका स्ववियू सभापती संगम श्रेष्ठको गुनासो रहेको छ ।













2291815 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top