logo
20 Mar 2019   |   
समाज

गौरबाट काठमाण्डौ हिडेको सुमो पल्टिदा १० जना घाइते



समाज   168 पटक पढिएको   कलमपाटी     
रौतहट १ पुस रौतहटको चन्द्रनिगाहपुर निजगढ सडकखण्डमा आइतवार टाटासुमो दुुर्घटना हुदा १० जना घाइते भएका छन । दुइ जना गम्भिर घाइते छन । गौर बाट काठमाण्डौ जादै गरेको ना १ ज ३९५३ नम्बरको सुपरलालि गुंरास टाटासुमोको पछाडीको टायर निक्लेर दुर्घटना भएको बताइएको छ ।



दुर्घटनामा काठमाण्डौका ३६ बर्षिय प्रतिक्षा नेपाल, भोजपुरका २१ बर्षिय गणेश बिक, गौरका १९ बर्षिय महम्मद नाजिर, सोही स्थानका ५० बर्षिय गायत्री यादब, ३६ बर्षिय प्रीति कुमारी साह, गौर का ३ का दिपु जयसवाल , रौतहटको बृन्दाबन नपाका १२ बर्षिय जीबन चौधरी, ११ बर्षिय भुबन चौधरी, ४५ बर्षिय रामपरि देबी चौधरी र टाटासुमोका चालक चन्द्रपुर नपा जुडिबेलाका बिनय चौधरी घाईते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घाईते मध्ये रामपरि चौधरी र उनको ११ बर्षिय छोरा भुबन चौधरीलाइ थप उपचारको लागी काठमाण्डौ र अन्यको उपचार  चन्द्रपुर अस्पताल प्रालिमा भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले जनाकारी दिएका छन ।

 













2661018 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top