logo
11 Dec 2018   |   
समाज

लैंगिक हिंसा विरुद्ध सामुदायिक जागरण कार्यक्रम



समाज   79 पटक पढिएको   कलमपाटी     
रौतहट २१ मंसिर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सामुदायिक जागरण र शशक्तिकरणका लागि बिभिन्न क्रियाकलापहरु शुरु भएको छ ।



                          “लैंगिक हिंसा र दुव्र्यवहार ः छैन हामीलाई स्वीकार ” 

भन्ने राष्ट्रिय नाराका साथमा लैंगिक हिंसाका दृष्टिले उच्च जोखिममा रहेका गुजरा नगरपालिकाका वडा नं. ८ र ९ को भवानिपुर, जगौलिया, जयराजपुर, देवीपुर, दयालपुर र भगाँहा टोलामा सामुदायिक जागरण कार्यक्रम शुरु भएको हो ।

प्लान इन्टरनेशनल नेपाल र महिला सुरक्षा दवाव समुहको आयोजना र गुजरा नगरपालिका, वडा स्तरिय बाल संरक्षण समितिको समन्वयमा टोलटोल स्तरमा आरम्भ भएको कार्यक्रमले ब्यानर, प्लेकार्ड, नारा र ¥याली सहित घरदैलो सचेतना, सुचना तथा संदेशमूलक लिफलेट वितरण गरीएको छ ।

 महिला र पुरुष बिचको जन्मसिद्ध लैंगिक भिन्नता अपरिवर्तनिय रहेको छ । तर लैंगिक भिन्नता भएकै आधारमा लैंगिक सामाजिक भूमिकाबाट प्रभावित भई इच्छा विरुद्ध गरिने विभेद र हिंसालाई लैंगिक हिंसा भनिन्छ । 

बालिका, किशोरी र महिलाहरुलाई शारिरीक तथा मानशिक यातना, दुव्र्यवहा, कुटपिट, गालीगलौज, बालविवाह, दाइृजो हिंसा, अपमानित गर्ने, हेला गर्ने, अवसरबाट बंचित गर्ने, मनोरंजनको साधनको रुपमा हेर्ने र हेय व्यवहार गर्ने जस्ता समाजद्धारा श्रृजित तमाम विभेदहरुलाई परिवर्तन गर्न सकिन्छ भन्ने कुरालाई पुष्टि गर्दै बालिका र महिला मैत्री समाज निर्माणका लागि यस १६ दिने अभियानले विशेष महत्व राख्दै आएको हुदा यसलाई सोचाई, हेराई र व्यवहार परिवर्तनको कडिको रुपमा लिदै घरघरबाटै परिवर्तन गर्दै जाने कुरामा कार्यक्रमले सबैलाई प्रतिवद्ध हुन सहयोग पु¥याउने अपेक्षा रहेको छ । ।

 




महिला अधिकारकर्मि रत्ना कुमारी चौधरीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा गुजरा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र पनहर प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथि वडा नं.८ का वडाध्यक्ष नेकमहम्मद मंसुरी र अतिथिहरुमा रिंकु चौधरी, पुनित राम र धर्मेन्द्र चौधरी रहेको महिला सुरक्षा दवाव समुहका कार्यक्रम संयोजक टिका घिमिरेले जानकारी दिएका छन ।













2105227 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top