logo
17 Dec 2018   |   
राजनीति

साह प्रदेश कमिटीमा चयनपछि समर्थकहरुमा खुशीयाली



राजनीति   31 पटक पढिएको   कलमपाटी     
रौतहट २० मंसिर नेकपा रौतहटका चर्चित युवा नेता तथा समाजसेवी शम्भु साह प्रदशे कमिटी सदस्यमा चयन भएपछि उनका समर्थकहरुमा खुशी छाएको छ । बिभिन्न सस्था तथा व्यक्तिहरुले उनलाय बधाई र शुभकामना दिदै आएका छन ।



उनका समर्थकहरुले प्रदेश सदस्यमा चयन भएपछि गौरमा दिपावली समेत गरेका छन ।

सदरमुकाम गौर नगरपालिकाको स्थानीय तहको चुनाबका मेयरका उम्मेदवार समेत रहेका साह रौतहट १ नम्वर क्षेत्रका नेकपाका लोकप्रिय नेता हुन ।

उनको समर्थकहरुले गौरको बिभिन्न् चौकहरुमा मैनवत्ती बालेर खुशी मनाएका थिए ।

बुधबार नगरपालिका ८ सिसवा टोल ,७ का पुरेनवा टोलमा पार्टी कार्यकर्ता र समर्थकहरुले नाचगान सहित  मैन बति बालेर खुशी मनाएका थिए ।

नागरीकको माझमा रहेर उनीहरुको सुख दुखमा साथ दिने नेताको पहिचान बनाउदै गएका साहका समर्थकहरु बढ्दै गएका छन ।

मंगलवार गौरको बि पि चोकमामा युवाहरुको एक टोलीले खुशी मनाएका थिए ।




गोर वडा न ४का अध्यक्ष भुनेस्वर शाही सहित युवाहरुको समुहले साह प्रदेश कमिटीमा चयन भएपछि खुशी मनाएका हुन ।

सोहि दिन राजदेबि नगरपालिकाको बतसपुरमा पनि समर्थकहरु  खुसियाली मनाएका थिए ।

नेता साहले  नेकपाले प्रदेश नं २ को प्रदेश कमिटी सदस्यमा आफुलाइ चयन गरेको ले अझै जिम्मेवारी थपिएको र जनताको काम गर्ने अवसर मिलेको प्रतिकृया दिएका छन ।

 नेकपाले रौतहटका ३२ जना लोकप्रिय नेताहरु लाइ प्रदेश कमिटी सदस्यमा चयन गरेको छ ।













2158439 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top