logo
17 Dec 2018   |   
समाज

चन्द्रनिगाहपुर चौकको साढे लखेट्नेलाइ पुरस्कार



समाज   17 पटक पढिएको   कलमपाटी     
रौतहट १९ मंसिर चन्द्रनिगाहपुर चोक क्षेत्रमा साढेले आतक मच्चाउन थालेपछि बजारक्षेत्रबाट साढे धपाउने लाइ पुरस्कारको व्यवस्था भएको छ । रौतहटको चन्द्रपुर ४ का वडा अध्यक्ष अमर आलेले साढे धपाएर टाढा पुर्याउने लाइ नगद पुरस्कार दिने बताएका छन ।



रौतहटको चन्द्रनिगाहपुर चौक क्षेत्रमा केही महिना अद्धि देखी एउटा साढेले मानिस लाइ आक्रमण गर्नुका साथै पसलमा राखेको समान मा क्षेती पुर्याउदै आएको छ ।

 साढे लाइ नियन्त्रणमा लिएर बजार देखी टाढा लैजाने लाइ नगद इनाम दिने घोषणा भएको हो ।

इनाम ५ हजार भन्दा माथी हुने बताइएको छ ।

साढेले आक्रमण गरेर मानिसलाइ घाइते बनाउने , समानहरु नष्ट गरीदिने भएपछि चन्द्रनिगाहपुर चौकमा हिडडुल गर्ने मानिस त्रसित छन । व्यपारीहरु पिडित छन ।

साढेले केही दिन अघि सडकमा गुडीरहेको इरिक्सा पल्टाइदिएको थियो । पसलमा बसीरहेका मानिस लाइ समेत आक्रमण गर्ने गरेको छ ।

साँढे आतंक बढेपछि बटुवा तथा व्यपारीहरुले नगरपालिकाले नियन्त्रण गर्नु पर्ने माग राख्दै आएका छन ।

साढेले आक्रमण गर्दा चन्द्रनिगाहपुरका एक व्यक्तिको हात भाँचिएको थियो, भने इरिक्सा सडकमै पल्टिाइदिदा  बालक सहित दुइजना घाइते भएका थिए ।

डामेर छाडा छोडिएको साढे बजार क्षेत्रमा बस्ने गर्दछ । त्यस्ता साढे लाइ मानिसले पिट्ने गर्दैनन । भगवानको नाममा छाडिएको साढे लाइ कुटपिट गरे पाप लाग्ने बिश्वास गरीन्छ ।

फलफुल , तरकारी पसले हरु साढे बाट बढी पिडित छन । एक महिना अघि साढे लाइ  लखेट्ने प्रयास भएपनि नसकिएको चन्द्रपुर ४ का वडा सदस्य कृष्ण खड्काले जानकारी दिए ।













2158081 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top