logo
17 Dec 2018   |   
मनोरञ्जन

प्रियंकाको बिहे पार्टीमा पुगे मोदी



मनोरञ्जन   17 पटक पढिएको   कलमपाटी     
बलिउड नायिका प्रियंका चोपडा र निक जोनसको भव्य बिहे पार्टी दिल्लीमा सम्पन्न भएको छ । प्रियंका र निकको बिहे पार्टीमा शुभकामना दिनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगे । उनी र नायिका चोपडाको गफगाफको भिडियो अहिले भाइरल भैरहेको छ । मोदीले प्रियंका र निकलाई वधाई तथा शुभकामना दिएका थिए ।



सो अवसरमा प्रधानमन्त्री मोदीले प्रियंकाको परिवारसँग पनि भेटघाट गरेका थिए । बिहे अगाडि नै प्रियंका मोदीलाई बिहेको निम्तो दिन पुगेकी थिइन् । यसअघि मोदीले नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको बिहे पार्टीमा पनि सहभागीता जनाएका थिए । यसपछि उनी बलिउडकी अर्की नायिकाको बिहे पार्टीमा पुगेका हुन् ।

निक र प्रियंकाले अब मुम्बइमा बिहे पार्टीको आयोजना गर्दैछन् । उनीहरुले आफ्नो बिहेलाई निकै नै गोप्य राख्ने प्रयास गरेका थिए । साभार अनलार्ईन खबर













2158343 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top