logo
17 Dec 2018   |   
समाज

प्रहरी कै पत्नी घरेलु हिंसामा



समाज   14 पटक पढिएको   कलमपाटी     
रौतहट १७ मंसिर रौतहटमा एक जना प्रहरी कै श्रीमती न्याय खोज्दै बर्षौ देखि भौतारी रहेकी छिन । प्रहरी सेवामा रहेक श्रीमान बाट बर्षौ अघिदेखी पिडित हुनुपरेको उनले पिडा पोखेकी छिन ।



कटहरीया नगरपालिका हथियाहीटोल घर भएका प्रहरी जवान राजेश कुमार यादवले कुटपिट गरेको , खानलगाउन नदिएको ती महिलाको आरोप रहेको छ ।

मकवानपुर जिल्ला घर भइ थानकोट बस्ने ज्योती थापा मगर र रौतहट घर भइ कालिमाटी प्रभागमा कार्यरत प्रहरी जवान राजेश कुमार यादव बिच २०६९ सालमा विवाह भएको थियो ।

गरुडामा रहेको प्रहरीको महिला बालबालिका सेवा केन्द्रमा दुवै पक्ष राखेर मिलापत्र गर्ने प्रयास हुदा नमिले पछि जिल्ला प्रहरी कार्यालय गौरमा दुवैजना लाइ पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा समेत कुरा नमिले पछि ति महिला केही दिन अघि काठमाण्डौ फर्किएकी छिन । ती महिला गृह मन्त्रालय , प्रहरी प्रधान कार्यालय, कालिमाटी प्रहरी प्रभाग र जिल्ला प्रहरी कार्यालय रौतहटमा धाइरहेको ती महिलाको भनाइ छ ।

२०६९ पुस ४ गते कालिमाटी प्रहरी कार्यालयमा प्रहरीको रहोवरमा विवाह भएको महिला भानाइ छ ।

प्रहरी जवान यादव काठमाण्ठौ बाट २०६९ चैत्रमा सर्लाही जिल्लामा सरुवा हुदा उनी पनि सगै आएको बताउछीन ।

 सर्लाही जिल्ला बाटै प्रहरी जवान यादवले २०७० जेठ १९ गते विवाहदर्ता गरेका थिए । उनीहरुले  छोराको जन्मदर्ता समेत सर्लाही बाटै बनाएका छन ।

२७ बर्षिया ज्योती र प्रहरी जवान यादवको ५ बर्षिय छोरा छ //













2158492 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top