logo
17 Dec 2018   |   
खेलकुद

बार्साको जितमा मेसी र पिके नायक



खेलकुद   17 पटक पढिएको   कलमपाटी     
टोलीका स्टार स्ट्राइकर लियोनल मेसी र जेरार्ड पिके चम्किएपछि बार्सिलोनाले च्याम्पियन्स लिगमा पिएसभी इन्डहोभेनमाथि २–१ गेलको सानदार जित हात पारेको छ ।



लिग अन्तर्गत इन्डहोभेनको घरेलु मैदानमा बुधबार राती खेलिएको रोचक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

बार्सिलोनाले ६१औं मिनेटमा पहिलो गोल गर्यो । बार्सिलोनाका लागि मेसीले खाता खोलेका थिए ।

त्यसपछि ७०औं मिनेटमा पिकेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । बार्सामाथि रक्षात्मक खेले खेलेको इन्डहोभेनले ८३औं मिनेटमा एक गोल फर्कायो ।

लुक डे जोङले गोल गर्दै इन्डहोभेनलाई खेलमा फर्काउने प्रयास गरे पनि टोलीले हार टार्न सकेन ।

जितसँगै समूह बी मा बार्सिलोना समूहको शिर्ष स्थानमा छ ।

बार्सिलोनाले पाँच खेलबाट १३ अंक बनाएको छ ।

एक अंकमा सिमित इन्डहोभेन बाहिरिएको छ ।

बुधबार रातीनै भएको समूहको बी को अर्को खेलमा इङ्लिस टोली टोट्टनहामले इटालीयन टोली इन्टर मिलानलाई १–० गोलले हरायो । टोट्टनहामको कठिन जितमा क्रिष्टियन इरिक्सनले गोल गरे । उनले ८०औं मिनेटमा गोलगर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए । यसजितसँगै टोट्टनहाम सात अंक जोड्दै समूहको दोस्रो स्थानमा छ ।  समान सात अंक बनाएको इन्टर तेस्रो स्थानमा छ । एजेन्सी












2158078 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top