logo
20 Mar 2019   |   
राजनीति

प्रदेश २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान



राजनीति   132 पटक पढिएको   कलमपाटी     
काठमाडौं १२ मङि्सर/// राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू (छैटौँ)ले प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गर्ने भएको छ। प्रदेश नं २ मा अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसात्मक घटना व्याप्त छन्।



यी हिंसात्मक घटना हटाउन अभियान सञ्चालन गर्न लागिएको छैटौँका अध्यक्ष विमल पोखरेलले जानकारी दिए। उनका अनुसार प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यही मङ्सिर १५ देखि पुस १५ सम्म अभियान सञ्चालन हुनेछ। 

प्रदेशका सबै जिल्लामा छोरीलाई पढाउन र दाइजो प्रथा हटाउन जनचेतनामूलक ‘सडक नाटक’ प्रदर्शन गर्ने र अन्तरक्रिया कार्यक्रम गरिने उनले जानकारी दिए। साभार अन्नपुर्ण












2661007 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top