logo
17 Jan 2019   |   
खेलकुद

बायर्न म्युनिख नकआउट चरणमा



खेलकुद   32 पटक पढिएको   कलमपाटी     
जर्मन च्याम्पियन बायर्न म्युनिख युईएफए च्याम्पिन्स लिग फुटबलको नकआउच चरणमा प्रवेश गरेको छ । बायर्नको घरेलु मैदानमा मंगलबार राती खेलिएको एकपक्षीय खेलमा बायर्नले पोर्चुगल टोली बेन्फिकालाई ५–१ गोलले स्तब्ध बनायो ।



बायर्नको जितमा आर्जेन रोबेन र रोबर्ट लेवान्डोस्कीले दुई दुई गोल गरे । आर्जेनले १३औं र ३०औं मिनेटमा सुरुवाती दुई गोल गरेका थिए । त्यसपछि रोबर्टले ३६औं र ५१औं मिनेटमा गोल गरे । रोबर्टले च्याम्पियन्स लिगमा ५०औं गोल सकेत पूरा गरेका छन् । 

अर्को गोल ।फ्रान्क रिबेरीले ७६औं मिनेटमा थपेका थिए । खेलभर बायर्नको दवाव खेपेको बेन्फिकाका लागि गेड्सन फर्नान्डेजले ४६औं मिनेटमा एक गोल गरेका थिए ।

समूह ई अन्तर्गत अर्को खेलमा अजाक्सले एईके एथेन्सलाई २–० गोलले हरायो । 

यो नतिजासँगै समूहको शीर्ष स्थानमा रहेको बायर्नले १३ अंक बनायो । अजाक्सले ११ अंक जोड्दै अघिल्लो चरणमा पुग्यो । चार अंक बटुलेको बेन्फिका र अंकबिहिन एथेन्स बाहिरिएका छन् । एजेन्सी












2292000 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top