logo
20 Mar 2019   |   
समाज

लागुऔषधसहित दुई पक्राउ



समाज   64 पटक पढिएको   कलमपाटी     
चितवन १० मंसिर/// भरतपुर महानगरपालिका–२ बस्ने दुई व्यक्तिबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।



जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घलेको साथबाट लागुऔषध र कारोवारबाट सङ्कलित रकम बरामद गरिएको जनाएको छ । 

विज्ञप्तिमा जनाइएअनुसार उनीहरूको साथबाट २७१ एम्पुलका दरले डाइजेपाम, ब्युप्रिनर्फिन र फेनारगन बरामद गरिएको हो । त्यसैगरी रु पाँच लाख ८० हजार १८० नगदसमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूलाई मङ्सिर ७ गते साँझ अबेर नियन्त्रणमा लिइएको थियो ।   

निजहरूले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागुऔषध खरीद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद, लागुऔषध बिक्री गरी आर्जन गरेको स्वीकार गरेको रेग्मीले बताए ।

पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।  साभार रातोपाटी











2661528 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top