logo
17 Dec 2018   |   
राजनीति

सरकारको ध्यान प्रदेश २ को बिकासमा : मन्त्री महासेठ



राजनीति   23 पटक पढिएको   कलमपाटी     
रौतहट ७ मंसिर //



भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुविर महासेठले प्रदेश २ को बिकासका लागी द्रुतगतीमा काम गर्न  सरकारको ध्यान केन्द्रित रहेको  बताएका छन ।

 समृद्ध नेपाल र सुखी नेपालीको मुल नारालाई सार्थकता दिन वर्तमान सरकार कटिबद्ध रहेको मन्त्री महासेठले बताएका छन ।

 रौतहटको कटहरिया नगरपालिका २ स्थित तरहारी खोलामा पक्कि पुलको शिलान्यास गर्दै  आयोजित सभामा मन्त्री महासेठले उक्त धारणा राखेका हुन ।

मन्त्री महासेठले प्रदेश नम्वर २ मा विकासको पुर्वाधार, रेल्वे लाइन संचालन, नेपालकै ठूलो अन्तरराष्ट्रिय बिमानस्थल , हुलाकी राजमार्ग लगायतका विकासका आयामहरु संघिय सरकारको प्रमुख प्राथमिकताको सूचीमा रहेको स्पष्ट पारेका छन ।

वर्तमान सरकारको प्रमुख जिम्मेवार संघियतालाई स्थापित गराउन प्रदेश र स्थानीय तहलाई व्यवस्थित पार्न एकबर्षको समय खर्चिएर ऐन कानुनहरु निर्माण गरिदै व्यवस्थापनको कार्य सम्मपन्न भएको जानकारी गराउदै मन्त्री महासेठले आउदो ४ बर्षमा देशमा विकास निर्माण लगायतको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

 पुर्वमन्त्री एवं नेकपाको प्रदेश नम्वर २ का अध्यक्ष तथा रौतहट ३ का साँसद प्रभु साहले रौतहटको विकास निर्माणको पूर्वाधार लगायत विभिन्न क्षेत्रमा अति नै पछाडि परेको जिल्लाको सूचीमा रहेको हुँदा वर्तमान सरकार गम्भीर भएर रौतहट सहित प्रदेश २ का जनताहरुलाई समृद्ध एवं सुखी बनाउने अभियानमा लागेको बताएका छन ।

सडक विभागका निर्देशक दिपक भट्टराइले रौतहटको दुई स्थानमा भएको पक्कि पुलको शिलान्यासले त्यस क्षेत्रका जनताहरुलाई प्रमुख बाटो संग  बताएका जोड्ने  छन ।





शिलान्यास भएको पुलहरु निर्धारित समय भन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन ।


कार्यक्रममा संसदीय विकास तथा प्रबिधी समितिको सभापति कल्याणी खड्का, साँसद समिना खातुन, प्रदेश साँसद कुन्दन कुश्वाहा, नागेन्द्र यादव , नेकपाका केन्द्रिय सदस्इ युवराज भट्टराई सहितका नेकपाको नेताहरुले पक्कि पुलको शिलान्यासबाट यस क्षेत्रका जनताहरुलाई निकै फाइदा पुर्याउने बताएका छन ।




तरहरी खोलामा निर्माण हुने २ स्पानको ६ मिटर लम्बाई, साढे सात मिटर चौडाई पुलको निर्माण गर्न ८ करोड १६ लाख ३१ हजार ६ सय २२ रुपैया ७८ पैसा भ्याट सहित एपेक्स÷रबी जेभी काठमाण्डौले ठेक्का सकार गरेको छ ।

उक्त पुल  २०७७ साल असोज ४ गते निर्माण कार्य पुरा गर्ने तथा गरुडा नगरपालिका स्थित झाझ खोलामा २ स्पानको ६४ मिटर लम्बाई, साढे सात मिटर चौडाई  भएको पुल सोही निर्माण कम्पनीले १० करोड १४ लाख ८७ हजार ४सय ५ रुपैया २८ पैसा भ्याट सहितमा ठेक्का सकार गरेको छ ।












2158100 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top