logo
21 Mar 2019   |   
मनोरञ्जन

बिक्रमले गाए ‘प्रसाद’ को तेस्रो गीत



मनोरञ्जन   43 पटक पढिएको   कलमपाटी     
मंसिर २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद’को तेश्रो गीत रेकडिङ गरिएको छ ।



बिक्रम बराल ‘नेपाल आइडल सिजन- २’ का उत्कृष्ट ७ प्रतिस्पर्धी मध्येका एक हुन् । केही दिन अगाडि आइडलको मञ्चमा नै पुगेर निर्देशक राउत र निर्माता सुवास थापाले उनलाई चलचित्रको गीत अफर गरेका थिए । रेकर्ड गरिएको गीतमा संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको छ ।

गायक विक्रम बराललाई एउटा व्यवसायिक गायकलाई दिने बराबरको पारिश्रमिक दिएको निर्माता थापाले जानकारी दिए । उनले गीत गाउनु अगाडि नै बराललाई पारिश्रमिक दिएका थिए ।

निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको चलचित्रमा कथा, पटकथा तथा संवाद सुशिल पौडेलको छ । चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।












2669311 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top