logo
17 Jan 2019   |   
खेलकुद

भारतलाई हराउँदै इङ्ल्यान्ड महिला विश्वकपको फाइनलमा



खेलकुद   29 पटक पढिएको   कलमपाटी     
इङ्ल्यान्ड आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।



वेस्ट इन्डिजमा जारी विश्वकप अन्तर्गत सुक्रबार बिहान भएको खेलमा इङ्ल्यान्डले भारतलाई आठ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेट गुमाएर एक सय १२ रन बनाएको थियो ।

एक सय १३ रनको विजयी लक्ष्य पाएको इङ्ल्यान्डले १७.१ ओभरमा दुई विकेटको क्षतिमा एक सय १६ रन जोड्न सफल भयो । आइतबार हुने फाइनलमा इङ्ल्यान्डले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

अस्ट्रेलियाले बिहिबार राती भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ७१ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

आइसीसीले महिला क्रिकेटको स्तर माथि उकास्न सन् २००९ देखि टी–२० महिला विश्वकप आयोजना गर्दै आएको छ । विश्वकपको यो छैटौं संस्करण हो । यसअघिका पाँच संस्करणमा अस्ट्रेलिया तीन पटक च्याम्पियन बनेको छ ।

इङ्ल्यान्ड र वेस्ट इन्डिज एक–एक पटक विजयी भएका छन् । एजेन्सी











2291703 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top