logo
21 Mar 2019   |   
खेलकुद

पोर्चुगल पोल्यान्डसँग बराबरीमा रोकियो



खेलकुद   55 पटक पढिएको   कलमपाटी     
युइएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगल र पोल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् ।



घरेलु मैदानमा देखिएको खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिएका थियो । ३४औं मिनेटमा आन्द्रे सिल्भाले सर्मथकको मन जितेका थिए ।  पहिलो हाफमा १–० गोलले अगाडी रहेको पोर्चुगलमाथि पोल्यान्डले ६६औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काएको थियो । 

पोल्यान्डका आर्काडीसुज मिलिकले पेनाल्टीको सदुपयोग गरे ।

६३औं पोर्चुगलका ड्यानियल पिरेराले रातो कार्ड पाउँदै बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा पोल्याण्डले उठायो । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । 

पोर्चुगल टोलीका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वकपपछि टोलीमा देखिएका छैनन् । यसअघिनै सेमिफाइनलको यात्रा तय गरिसकेको पोर्चुगलले लिग ए अन्तर्गत समूह तीनबाट आठ अंक बनाएको छ ।

दूई अंकमा सिमिति पोल्यान्ड रेलिगेसनमा परेको छ ।

यसैगरी नेसन्स लिग बी अन्तर्गत मंगलबार राती नै भएको खेलमा स्वीडेनले रुसलाई २–० गोलले पराजित गरेको छ । जितसँगै स्वीडेन दोस्रो चरणमा प्रवेश गरेको छ । एकपक्षीय खेलमा स्वीडेनका लागि भिक्टर निल्सन र मार्कस बर्गले गोल गरेका थिए । एजेन्सी












2669272 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top