महिला तथा बालबालिका कार्यालयमा हेल्प डेक्स
समाज


महिला तथा बालबालिका कार्यालयमा हेल्प डेक्स

समाज 127 पटक पढिएको प्रकाशित मिति:




कलमपाटी १ मंसिर महिला तथा बालबालिका कार्यालय गौरका निमित्त प्रमुख पुनम रेग्मीले आफनो कार्यालय सुशासन र नागरिकमैत्री सेवा प्रवाह गर्न प्रतिवद्ध रहेको बताएकी छिन ।

ट्रान्सपरेन्सि इन्टरनेशनल नेपालको सहकार्य र क्रिएटिव ग्रुप अफ नेपाल रौतहटको आयोजनामा संचालित नेपालमा राष्ट्रिय सदाचार प्रबद्र्धन परियोजना अन्तरगत बुधबार महिला तथा बालबालिका कार्यालय गौरमा आयोजित १ दिने हेल्प डेस्क तथा मोबाईल एलाक कार्याक्रम पछि बोल्दै प्रमुख रेग्मीले सो कुरा बताएकी हुन ।
 प्रमुख रेग्मीले आफुहरु सुशासन प्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको र नागरिकले पाउने सेवा सुबिधा सहज ढङले बितरण गरिरहेको बताइन ।
उन्ले कार्यालयमा रहेको गुनासो तथा उजुरी पेटिकालाई अझ ब्यवस्थित बनाउने र पुरानो नागरिक वडापत्रलाई अध्यावधिक गर्दै क्षतिपूर्ति सहितको बनाउने प्रतिबद्धता ब्यक्त गरेकी छिन ।
 सेवाग्राहि नागरिकहरुको गूनासो सङकलन गर्न तथा सोको समाधानको निम्त सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने उद्धेशयका साथ उक्त कार्याक्रम गरिएको थियो । हेल्प डेस्कको क्रममा जम्मा ४ ओटा गुनासो दर्ता गरिएको थियो ।
 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 NEXT

English News



1164644 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top