logo
19 Dec 2018   |   
समाज

बागमती माविमा पुर्व बिधार्थीको भेला सम्पन्न



समाज   33 पटक पढिएको   कलमपाटी     
रौतहट २७ कार्तिक// रौतहटको चन्द्रपुर १ मा रहेको बागमती मावि गोपालकुटीका पूर्व बिद्यार्थीको भेला सम्पन्न भएको छ ।




सो भेलाले  २१ सदस्यीय पूर्व विद्यार्थी मन्च गठन गरेको छ । उक्त बिधालयमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुलाइ  एकत्रित गर्दै उनिहरुको ज्ञान सीप क्षमता र अनुभवलाइ  बिद्यालयको बिकासको लागि उपयोग गर्ने उदेश्यले मन्चको गठन गरीएको जनाइएको छ ।

मन्चले अक्षय कोषको स्थापना गरेर त्यसवाट बिद्यालयमा छात्रवृत्ति वितरण, प्रबिधि मैत्रि सिकाई , बिधालयको भौतिक संरचनाको मर्मत लगायतका कार्यमा बिद्यालय प्रशासन संग संग सहकार्य  गर्ने एवम अतिरिक्त गतिविधिमा सहयोग पुरयाउने मन्चका संयोजक समिर बाबु कार्कीले जानकारी दिएका छन ।

उक्त मन्चले  सामाजिक क्षेत्रमा पनि सार्थक तथा सकृय उपस्थिति जनाउने मन्चको नीति रहेको डोलहरी  नेपालको भनाइ छ ।

मन्चमा  ३ सदस्यीय संरक्षक समिति, ९ सदस्यीय सल्लाहकार समिति रहेको मन्चको  छ । समिरबाबु कार्कीको संयोजकत्वमा गठन भएको मन्चमा उपाध्यक्ष बिदुर राउत , सचिव डोलहरी नेपाल , कोषाध्यक्ष अनोज कुमार श्रेष्ठ र सह सचिबमा बिन्दु गुरुवाचार्य रहेका छन ।

 उक्त भेलामा चन्द्रपुर १ का वडाका वडाध्यक्ष वीर बहादुर रखाल, बिधालय व्यवस्थापन समितीका अध्यक्ष दण्डबहादुर पुलामी , प्रधानाध्यापक  गोपीकृष्ण खतिवडा ले मन्चको कार्यकालको शुभ कामना दिएका छन ।

सो भेलाको अध्यक्षता बागमती माविका पहिलो ब्याचका बिद्यार्थी धु्रव राइले गरेका थिए ।













2176733 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top