logo
19 Dec 2018   |   
राजनीति

चन्द्रनिगाहपुरमा नेबिसंघको प्रर्दशन



राजनीति   13 पटक पढिएको   कलमपाटी     
रौतहट २६ कार्तिक // काभ्रे एक बिधार्थी नेता लाइ प्रहरीले पक्राउ गरेको बिरोधमा रौतहटमा नेबिसले बिरोध प्रर्दशन गरेको छ । चन्द्रपुरको बजार बाट निस्केको जुलुसले मुख्य चौकमा आएर प्रर्दशन गरेको थियो । जुलुसमा जिल्ला स्तरीय नेतासमेत सहभागी रहेका थिए ।



प्रधानमन्त्री केपी ओलीको तस्बिर बिगारेर फेसबुकमा शेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेका नेविसंघ तपेश्वर मावि इकाई अध्यक्ष कृष्ण ढकालको रिहाइको माग गर्दै प्रर्दशन गरीएको हो ।

नेबिसंघको सोमवार  ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको थियो ।

पक्राउ परेका ढकालले  कुकुरको शरीरमा प्रधानमन्त्रीको फोटो मा जोडिएर बनाएको पोष्ट आफ्नो वालमा शेयर गरेका थिए । 




चन्द्रनिगाहपुरमा पुत्ला दहन गर्ने क्रममा प्रहरीले पुत्ला खोसेको छ । चौकमा पुत्ला जलाउन आगो लगाउने क्रममा प्रहरीले आगो निभाएको थिया । आन्दालनमा उत्रिएका बिधार्थीनेताहरुले ढकालको बिना सर्त रिहाइ को माग गरेका छन ।





प्रर्दशनमा नेबिसंघका केन्द्रिय सदस्य नवराज देवकोटा, बिधार्थी नेता श्यामहरी चौलागाइ, संगम श्रेष्ठ तथा नेपाली काग्रेस जिल्ल सदस्य सुमन गौतम लगाएतका नेताहरुको पनि सहभागिता रहेको थियो ।










2176499 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top