logo
19 Dec 2018   |   
समाज

हातेमालोले हुर्काउदै सखुवाको बिरुवा



समाज   34 पटक पढिएको   कलमपाटी     
रौतहट १९ कार्तिक// रौतहटको चन्द्रपुरमा रहेको हातेमालो सामुदायिक बनले बहुमुल्य प्रजातीको सखुवाको बिरुवा संरक्षण गर्दै आएको छ । बैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम लागु गर्दै समितीले सालका बिरुवाहरु संरक्षण गर्न लागेको हो ।




गएको बर्ष देखी रौतहटमा पनि बैज्ञानिक बन व्यवस्थापन कार्यक्रम संचालन गरीएको छ ।

चन्द्रपुर नपाको ४ र ६ नम्बर वडाको हातेमालो सामुदायिक वनको साढे तीन हेक्टर क्षेत्रफलमा सखुवाको बिरुवा हुर्कन थालेका छन ।

गएको चैतमा उक्त बन क्षेत्रमा बैज्ञानिक वन ब्यवस्थापन संचालन गरीएको हो ।

हातेमालो समितीले बुढो भएको दुइ सय ३६ वटा रुखहरु कटान गरि बैज्ञानिक वनको सुरुवात गरेको हो । 






संरक्षित क्षेत्रमा अहिले हजारौ सखुवाको बिरुवा हुर्किएको हातेमालो सामुदायिक वनका सचिव शालिग्राम न्यौपानेले जानकारी दिएका छन ।

उक्त बिरुवाहरु ८० बर्ष सम्म संरक्षण गरीने छ । हातोमालो बन समितीले १० वटा ब्लक बनाई १० बर्षे कार्ययोजना अघि सारेको समितीका अध्यक्ष रामलाल ठोकरले जनाएका छन ।




बिरुवा तथा बन संरक्षण गर्नका लागी समितीले हेरालु खटाएको छ । उपभोक्ताहरु विरुवाको हेरचाह गर्दै आउका छन ।

डडेलो, चरिचरण, काठ चोरी नियन्त्रण पछि बनक्षेत्रमा बिरुवा हुर्किएको समितीका अध्यक्ष ठोकरको भनाइ छ ।

 वैज्ञानीक बन व्यवस्थापन हुन नसके जैविक विविधतामा क्षेती पुग्ने, जलवायु परिवर्तनको असर बढ्ने, विकास र वातावरण बीचको सन्तुलन बिग्रने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।




उक्त हातेमालो बन समितीले बन संरक्षणमा राम्रो कार्य गरेको भन्दै बन कार्यालयले पुरस्कृत समेत गरेको छ ।

बैज्ञानीक बन लागु भएपछि आपुर्ती सहज भएको र संरक्षणमा पनि सवै उपभोक्ताहरु सकृयभइ लागेको समितीका पदाधिकारी जंग वहादुर घलानले बताएका छन ।











2176795 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top