logo
19 Dec 2018   |   
समाज

सम्झौता मितीमा बन्दैनन पुलहरु



समाज   33 पटक पढिएको   कलमपाटी     
रौतहट १९ कार्तिक// रौतहटको बिभिन्न नदीहरुमा बर्षौ अघि सम्पन्न गरीसक्नु पर्ने पुलहरु अलपत्र जस्तै अवस्थामा छन । चादी, भकुवा, बागमती, झाझ र लालबकैया नदीको बिभिन्न स्थानहरुमा निमार्ण हुदै गरेका पुलहरु सम्झौता समयमा सकिएका छैनन ।



सम्पन्न गरीसक्नु पर्ने पुलहरुको समयावधी सकिदा पनि धेरै जसो पुलको काम आधा पनि सकिएको छैन ।

रौतहटको भकुवा नदीमा बन्दै गरेको पुल २०७४ मंसिरमा सम्पन्न हुनुपर्नेमा पिलरको फाउन्डेशन राख्ने काम मात्रै सकिएको छ । 


उक्त पुल बिटी टौदह म्यागलुङ्ग कम्पनीले २०६९ जेठमा २ करोड ४९ लाख ७० हजारमा उक्त पुल निमार्णगर्न ठेक्का सम्झौता गरेको थियो ।

 झाझनदीमा निमार्ण हुदै गरेको पुल २०७४ असारमा सम्पन्न हुनुपर्ने  उक्त पुलको करीव १० प्रतिशत मात्रै काम सकिएको छ । २०७१ असारमा ५ करोड ५३ लाख १५ हजारमा निलगिरी नेशनल क्यानोन कम्पनीले ठेक्का लिएको थियो ।


जिल्ला प्रशासन कार्यालय रौतहटले गत आर्थिक बर्षको अन्त्यमा गृहमन्त्रालयमा पठाएको प्रगती बिवरणको आधार हेर्दा पुलहरु अलपत्र अवस्थामा नै रहेको देखिन्छ ।

पप्पु कन्टक्सन पर्साले निमार्ण गरीरहेको लालबकैया नदीको टिकुलिया घाटको पुल सम्झौता अवधी सकिएको एक बर्ष नाघिसक्दा करीव ६० प्रतिशत मात्रै काम भएको छ ।

 पुल निमार्णका लागी १९ करोड ५ लाख १८ हजारमा पप्पुले २०७१ असारमा सम्झौता गरेको थियो । पुल २०७४ असारमा बनाइसक्नु पर्ने थियो ।

  झाझ नदीमा निमार्ण हुदै गरेको राजपुरतुल्सी पिपरा पुल

२०७१ असार २९ गते सम्झौता भइ २०७४ असार २१ गते सम्पन्न गर्नुपर्नेे थियो । गत आवको अन्त्य सम्ममा करीव १५ प्रतिशत मात्रै सम्पन्न भएको छ ।   ५ करोड ६७ लाख ८२ हजारमा मृतसंजिवनी निमार्णसेवाले पुल बनाउन ठेक्का लिएको थियो ।





बिश्रामपुर र हजरीया जोड्ने चादीखोलाको पुलको काम पनि सुस्तगतीमा छ । यही कार्तिक ३० गते सम्पन्न गर्नुपर्ने पुलको काम करीव २५ प्रतिशत मात्रै भएको छ ।  २०७३ असारमा सपना निमार्ण सेवाले १० करोड ३४ लाखमा उक्त पुल बनाउने ठेक्का लिएको थियो ।


रौतहट र सर्लाही जोड्ने वडेर्वा स्थित वागमती नदीमा निमार्ण भैरहेको पुलपनि बर्षौ अघि देखि अलपत्र  छ । २०६७ सालमा लुम्विनी बिल्डर्सको नाममा पप्पु कन्ट्रक्सनले सो पुल निमार्णगर्न ठेक्का लिएको थियो । पिलर उठाएपछि काम ठप्प भएको थियो ।  करीव  ३५ करोड ९० लाखमा पुल बनाउन  सम्झौता भएको थियो ।

२०६७ जेठमा सम्झौता भएको सो पुल  २०७० जेठमा सम्पन्न गर्ने सम्झौता थियो ।





समनपुर बाट सर्लाही जोड्ने बागमतीको पुल पनि समयमा नै सम्पन्न भएको छैन  भने चन्द्रपुर नगरपालिकाको गैडाटार स्थित चादी नदीमा निमार्ण हुदै गरेको पुलपनि सम्झौता अवधमिा काम सम्पन्न भएको छैन ।

रकम निकासा नहुने , निमार्ण सामाग्रीहरु नपाइने, बन्द हडताल लगाएत बिभिन्न समस्याले गर्दा सम्झौता मितीमा काम सम्पन्न नहुने ठेकेदारहरुको भनाइ छ ।











2176514 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top