logo
19 Dec 2018   |   
समाज

बागमती नदीमा जथाभावी शव जलाउन बाध्य



समाज   33 पटक पढिएको   सनम राउत     
रौतहट १८ कार्तिक/// जथाभावी शव दाहसंस्कार गर्न बाध्य हुदा रौतहट र सर्लाहीको सिमाना भएर बग्ने बागमती नदी फोहर हुदै गएको छ । रौतहटको चन्द्रपुर नपा १ स्थित बागमती नदी शव जलाउदा फोहरै फोहरले भरीएको छ । उक्त नदी किनारमा बर्षौ अघिदेखी शव जलाउदै आइएको छ ।



व्यवस्थित शव दाहस्थल नहुदा जताततै शव जलाउन स्थानियबासी बाध्य छन ।

बागमती नदी किनारमा दैनिक एक दर्जन शवहरु जलाउन ल्याउने गरीएको छ । रौतहट , सर्लाही, बारा लगाएत जिल्ला  मानिसको मृत्यूहुदा बागमती नदीमा संस्कारगर्न ल्याउने चलन छ ।

चन्द्रपुर नपा ५ को चादी नदीमा पनि उस्तै छ । शवदाह स्थल नहुदा चादी नदी किनारमा नै शव जलाइन्छ । 

मृतकले प्रयोग गरेको कपडा र अन्य समानहरु नदी किनारमा फ्याल्ने गरीएको छ । पुर्णरुपमा नजलेको शवका टुक्राहरु समेत नदी किनारमा भेटीने गरेको मलामीहरु बताउछन ।




वडा कार्यालय, नगरपालिका मा शव दाहस्थल निमार्ण गर्न माग गरेपनि चासो नदेखाएको चन्द्रपुर नपा ४ का शुन्दर काफ्ले गुनासो गरेका छन ।

शव जलाउन प्रयोग भएका डढेका दाउराका ठुटाहरु, मृतकले पहिले प्रयोग गरेका कपडाहरु यत्रतत्र नदी किनारमा छरिएका छन । 

बर्षाको समयमा बाढी आएको वेलामा शव जलाउनै समस्या हुने समेत स्थानियको भनाइ छ ।





उक्त स्थानमा संसद, मेयर , वडा अध्यक्ष लगायतका समाजका अगुवा व्यक्तिहरु मलामी जाने गरेका छन तर कोही कसैको पनि अहिले सम्म शव दाहस्थाल निमार्ण गनुपर्छ भन्ने योजनाहरु बनाउन सकेका छैनन ।





 शव जलाउने क्रममा पानी पर्दा आगो निभ्ने गरेको छ । पानीपर्दा पुरै शव नजलाइ बाढीमा बगाउनुपर्ने बाध्यता समेत रहेको छ ।

स्थानियले व्यवस्थित शवदाह स्थल निमार्णको लागी माग गर्दै आएका छन ।  मलामी जादा ओत लाग्ने सार्वजनिक टहरा समेत छैन ।  हावाहुरी आउदा , पानी पर्दा तथा चर्को घामलाग्दा शव छोडेर होटल तथा बस्तिमा गएर बस्नुपर्ने बाध्यता रहेको छ । 











2176761 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top