logo
21 Nov 2018   |   
समाज

लागूऔषधसहित दुई पक्राउ



समाज   47 पटक पढिएको   कलमपाटी     
महोत्तरी १८ कार्तिक/// प्रहरीले जिल्लाको बर्दिवास नगरपालिकाबाट ठूलो परिमाणको लागू औषध बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बर्दिवासको चेकजाँच टोलीले वीपी राजमार्गस्थित बर्दिवास-सिन्धुली-खुर्कोट सडकखण्डमा पर्ने बर्दिवास नगरपालिका वडा नम्बर ३ गौरीडाँडाबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो।



बा३ख ८४६८ नम्बरको माइक्रोबसमा काठमाडौं आइरहेका दुईजनाको झोलाबाट विभिन्न प्रकारका कम्तिमा १८ सय एमपुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले यस क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको लागूऔषध बरामद भएको जनाएको छ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका २ बलहाका ३६ वर्षका महम्मद अताबुल नदाफ र सोही ठाउँका ३३ वर्षका महम्मद इलियास नदाफ छन्। उनीहरू भारतको जयनगरबाट काठमाडौं आउँदै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

उनीहरूले झोलामा लुकाएर उक्त परिमाणको लागूऔषध काठमाडौं ल्याउँदै थिए। उनीहरूले २५ हजार भारतीय रुपैयाँमा लागूऔषध किनेर ल्याउँदै गरेको बताएका छन्।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। साभार अन्नपुर्ण











1905297 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top