logo
20 Nov 2018   |   
राजनीति

काम भन्दा गाडी मोह :नेता प्रभु साह



राजनीति   127 पटक पढिएको   कलमपाटी     
रौतहट १७ कार्तिक// नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रतिनिधी सभा संसद एवं पुर्वमन्त्री प्रभु साहले प्रदेश २ का नेताहरुमा काम भन्दा बढी गाडी चढ्ने मोह रहेको बताएका छन ।



 रौतहटको कटहरिया नपा ३ बिर्तिप्रस्टोकाटोलमा दिपावली छठको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सहले उक्त धारणा राखेका हुन ।

अन्य प्रदेशहरुमा ६।७ वटा मन्त्री बाट काम चल्ने र प्रदेश २ मा १४ वटा मन्त्री राखेर प्रदेशको समय र पैसा खर्चने गरेको उनले आरोप लगाएका छन ।

क्षेत्र ३ को हरेक गाँउलाई हाईवे संग जोडने, प्रत्येक खेतमा सिचाई, तथा गाउगाउमा  बिधुतीकरण गराउने नेता साहले प्रतिवद्धता व्यक्त गरेका छन ।


दिपावली छठ तिहारको अवसरमा आआफनो घर सफा गर्ने,तर सार्वजनिक ठाँउलाई छोड्ने चलनको अन्त गनुएपर्ने  रौतहट क्षेत्र ३ का सांसद साहको सल्लाह छ ।





 कार्यक्रममा  सांसद समिना हुसैन,बिधायक द्धय कुन्दन कुश्वाहा, नागेन्द्र यादव,नेकपाका नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम समिएपछि सैयौंको संख्यामा रहेका कार्यकर्ता  तथा स्थानिय युवाहरुले बिर्तिप्रस्टोका गाँउको सडक सफा गरेका छन ।












1900604 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top